बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल मेडिसिटीमा राष्ट्रिय स्तरको प्राथमिक उपचार प्रशिक्षण शुरु

आइतबार, २५ माघ २०७७, २१ : ०९
आइतबार, २५ माघ २०७७

ललितपुर । नेशनल हेल्थ ट्रेनिङ सेन्टर र निक साइमन्स इन्स्टिच्यूटको संयुक्त आयोजनामा नेपाल मेडिसिटी अस्पतालमा ६ दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम शुरु भएको छ । 

भैसेपाटि स्थित नेपाल मेडिसिटीमा शुरु भएको प्रशिक्षण कार्यक्रममा चिकित्सक, नर्स, पारामेडिक्सलगायतका स्वास्थ्यकर्मी सहभागी रहेको प्रमुख प्रशिक्षक डा. रोशना श्रेष्ठले जानकारी गराइन् । एक व्यक्तिले मात्र नभई दक्षता प्राप्त गरेको समूहले नै उपचार गर्दा बिरामीहरुले उत्कृष्ट उपचार प्राप्त गर्न सक्ने भएकाले यस किसिमको आकस्मिक अवस्थामा आवश्यक पर्ने प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । 

स्वास्थ्य क्षेत्रका फरक–फरक विज्ञहरुले प्रदान गर्ने प्रशिक्षण कार्यक्रमले मुख्यतः आकस्मिक मुटु समस्या, दुर्घटना, स्वासप्रश्वासमा समस्या लगायतको अवस्थामा प्रारम्भिक चरणमा के–कस्ता उपचार प्रक्रियामा ध्यान दिने जस्ता विषयलाई समेट्नेछ ।

राष्ट्रिय स्तरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमबाट सहभागी नर्स तथा पारामेडिक्सहरुले आकस्मिक उपचारमा अपनाउनु पर्ने नवीन सीप र जानकारी प्राप्त गर्नेे अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एन्ड एडुकेशन डा. निलमणी उपाध्यायले जानकारी गराए । उक्त तालीमका मोडुअलमा करेन्ट लागेर आउने बिरामीहरुको उपचारका बिधिहरुलाई पनि समावेश गरेको खण्डमा राम्रो हुने समेत उनले बताए ।

तालीममा काठमाडौं, भरतपुर, झापा, तेर्हथुम, भोजपुर, मोरङ, लहान, सिरहा, नुवाकोट, जाजरकोट, डोटी, बाजुरा, स्याङ्जा लगायतका स्थानबाट सहभागीहरुको उपस्थिती रहेको छ । आइतबारबाट शुरु भएको प्रशिक्षण कार्यक्रम शुक्रबारसम्म चल्ने नेपाल मेडिसिटीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप