शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, शव जबर्जस्ती जलाइयोः प्रहरीमाथि मिलेमतोको आरोप

सोमबार, २६ माघ २०७७, ०६ : ३१
सोमबार, २६ माघ २०७७

भारतको बिहारस्थित नेपाली मूलकी १२ वर्षीया बालिकामाथि सामूहिक रुपमा बलात्कारपश्तात् हत्या गरेर जबर्जस्ती शव जलाएको बीबीसी हिन्दीले जानकारी दिएको छ । 

प्राथमिक अनुसन्धान र एक भाइरल अडियोले यो पूरा घटनामा स्थानीय थानाका थानाध्यक्षको मद्दत रहेको संकेत भेटिन्छ । 

एसपी नविनचन्द्र झाले बीबीसी हिन्दीसँग यसबारे कुरा गरेका छन् । उनले भनेका छन्, ‘जुन अडियो भाइरल भएको छ, त्यसबाट स्पष्ट भइरहेको छ कि थानाध्यक्ष सञ्जिव कुमार रञ्जनले लापरवाही गर्दै आफ्नो कर्तव्यबाट विमुख भएका छन् ।’

के हो घटना ?

बीबीसी हिन्दीका अनुसार नेपालको ५ नम्बर प्रदेशको बर्दिया जिल्लामा पर्ने बारबर्दिया नगरपालिकामा बस्ने सुरेश (परिवर्तित नाम) पछिल्लो एक वर्षदेखि भारतको मोतिहारीमा मजदुरी गर्दै आएका छन् । 

सुरेशका अनुसार यो घटना २१ जनवरीमा घटित भएको बताएका छन् । त्यतिबेला उनी श्रीमती नेपालको आफ्नो गाउँ आएकी थिइन्, सुरेश मजदुरी गर्न गएका थिए र छोरा कुनै कामले बजार गएका थिए ।

पूर्वी चम्पारणको सिकहना, अनुमंडल पदाधिकारीलाई सुरेशले प्राथमिकी दर्ता गराउनका लागि दिएको आवेदन अनुसार बेलुका करिब ४ बजे जब उनका छोरा बजारबाट फिर्ता भए तब उनका घर मालिक सियाराम साहले उनलाई रोके । आवेदनमा उनले भने, ‘तर मेरो छोरा उनीहरुको कुरा नमानिकनै कोठामा जाँदा बहिनीलाई भुइँमा घाइते अवस्थामा लडिरहेको देखे । यो देखेर छोराले मलाई बोलायो । म घर जाँदा छोरी भुइँमा लडिरहेको देखेँ र उनको घाँटीमा रातो दाग पनि देखेँ । मैले छोरीलाई उपचारका लागि स्थानीय चिकित्सक भएठाउँ लिएर गएँ तर कसैले पनि उपचार गरेनन् ।’

सुरेशका अनुसार त्यसपछि थुप्रै मानिसहरु (अभियुक्त) त्यहाँ जम्मा भए र छोरीको शवलाई जलाउन दबाब दिन थाले । 

ऊजुरीमा भनिएको छ, ‘देवेन्द्र कुमार साहले शव चाँडै जलाउन दबाब दिँदै यसो नगरेको खण्डमा म र मेरो छोराको हत्या गरेर नेपालमा फ्याँकिदिने धम्की दिए । त्यसपछि एउटा सादा कागजमा मेरो औंठाछाप पनि लिइयो र राती १२ बजे बलपूर्वक पोखर रोडको सडक किनारामा नुन र चिनी हालेर शव जलाइदिए । बिहान भएलगत्तै मलाई नेपालमा भगाइदिए ।’

घटनाको १२ दिनपछि दर्ता भयो एफआइआर

२१ जनवरीमा भएको यो घटनाको प्राथमिकी २ फेब्रअुरीमा दर्ता गरिएको छ । 

कूल ११ जनालाई अभियुक्त बनाइएको छ जसमध्ये चार अभियुक्त विनय साह, दीपक कुमार साह, रमेश साह, देवेन्द्र कुमार साहमाथि सामूहिक दुष्कर्म र हत्याको आरोप छ । यस्तै सातजना (जसमा घर मालिक सियाराम साह पनि समावेश छन्) माथि शवलाई जबर्जस्ती जलाएर प्रमाण मेट्ने प्रयास गरेको आरोप लागेको छ । 
   
घटनाको एफआईआर दर्ता भएपछि तीन दिन अघि ५ फेब्रुअरीमा एउटा अडियो भाइरल भयो जसमा २१ जनवरीमा कुंडवा चैनपुरका थानाध्याक्ष संजिव कुमार रञ्जन र एक अभियुक्त रमेश साहबीच कुराकानी भएको छ । यो कुराकानीमा थानाध्यक्ष संजिव कुमारले अभियक्त रमेश साहसँग भनिरहेका छन्, ‘बालिकाको व्यवस्था गरिदेउ र लेखिदेउ कि बालिका चिसोका कारण मरी ।’

एसपी नविनचन्द्र झाले बीबीसी हिन्दीसँगको कुराकानीमा दुई अभियुक्त पक्राउ परेको र अन्य अभियुक्तको गिरफ्तारीका  लागि प्रहरी टोली गठन गरिएको जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप