ad
x

प्रभासले विवाह गर्दै ! यी व्यापारीकी छोरीसँग मागी विवाह गर्ने

person explore access_timeमाघ २६, २०७७ chat_bubble_outline0

साउथ सुपरस्टार प्रभास ब्याक टु ब्याक थुप्रै फिल्ममा अभिनय गरेका कारण चर्चामा आइरहेका छन् । तर यसका साथै बाहुबली स्टारको लभ लाइफमा पनि धेरैले निगरानी गरिरहेका हुन्छन् । प्रभास साउथ सिने जगतका मोस्ट ह्यान्डसम ब्याचलर मानिन्छन् । यता नायिका अनुष्का शेट्टी पनि अहिलेसम्म अविवाहित छिन् । यी दुईले थुप्रै फिल्ममा काम पनि गरेका छन् । बाहुबलीमा यी दुईको जोडीले त तहल्का नै मच्चाएको थियो । 


त्यतिबेला देखि नै प्रभासको नाम तेलुगु फिल्मकी लेडी सुपरस्टार भनिने नायिका अनुष्का शेट्टीसँग नाम जोडिने गरिन्छ । यद्यपि, यी दुईले आफूहरु एक राम्रा साथी मात्रै भएको बताउने गर्छन् । 



तर हालै भारतीय मिडियाले एउटा यस्तो जानकारी सार्वजनिक गरेको छ जसमा प्रभासको विवाह हुन लागेको खबर प्रकाशित छ । 



भारतीय मिडियामा प्रकाशित खबरलाई विश्वास गर्ने हो भने प्रभास अब चाँडै नै विवाहको तयारीमा छन् ।  टलिउड डट नेटको रिपोर्टलाई विश्वास गर्ने हो भने प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग विवाह गर्ने योजनामा छन् । यो एक मागी विवाह हुनेछ । यसका लागि दुबैको परिवारबीच कुराकानी पनि सुरु भइसकेको छ । प्रभासले यो सम्बन्धका लागि हरियो झण्डा पनि देखाएको खबरमा उल्लेख छ । यससँगै साउथ सुपरस्टारको विवाहको तयारीका लागि परिवार लागीपरेको पनि बताइन्छ । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।