बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उत्कृष्ट इपिक एवं नवीन फिचरसहितको सामसुङको टपलाइन प्रविधियुक्त एस२१ सिरिजको बिक्री शुरु

सोमबार, २६ माघ २०७७, १९ : ०३
सोमबार, २६ माघ २०७७

काठमाडौं । नेपालको सबैभन्दा विश्वासिलो स्मार्टफोन ब्रान्ड सामसुङले ग्यालेक्सी एस२१ अल्ट्रा, ग्यालेक्सी एस२१ तथा ग्यालेक्सी एस२१प्लस स्मार्टफोनहरुको बिक्री सुरु गरेको छ ।  

बोल्ड डिजानइ, स्टेट अफ द आर्ट इनोभेशनको साथ उच्चस्तरीय प्रविधिको प्रयोगले यि फोनहरुले वास्तवमै दैनिक जीवनलाई अझै उत्कृष्ट एवं सहज तुल्याउने विश्वास कम्पनीको छ । यि फोनहरुमा उपलब्ध भएका प्रो ग्रेड क्यामरा सिस्टम तथा ब्राइटेस्ट, इन्टेलिजेन्ट डिस्प्लेलगायत विभिन्न सुविधाहरुले प्रयोगकर्ताहरुका हरेक पलहरुलाई अझै बढी इपिक एक्सपेरियन्स प्रदान गर्ने छन् ।  

नयाँ एस२१ सिरिजमा विभिन्न आकर्षक, आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो एवं हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको छ । ग्यालेक्सी एस२१ अल्ट्रा, ग्यालेक्सी एस२१ तथा ग्यालेक्सी एस२१प्लस मा अन्य स्मार्टफोनहरुमा नभएका एवं अतुलनीय सुविधाहरु विद्यमान रहेको कम्पनीको दावी छ । 

यसमा विभिन्न ग्राउन्ड ब्रेकिङ्ग फिचरहरु रहेका छन् । सामसुङ ग्यालेक्सी एस२१ तथा एस२१प्लसमा प्रो–ग्रेड क्यामरा तथा नयाँ एस२१ अल्ट्रा उपल्लो तहको विशेषताहरु रहेका छन् । यसमा एडभान्स प्रो ग्रेड क्यामरा तथा इन्टेलिजेन्ट डिस्प्ले रहेको छ ।  एस सिरिज अन्तर्गत यो फोनमा पहिलो पटक एस पेन पनि रहेको छ । 

सामसुङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले भने, ‘सामसङ एस२१  सिरिजको प्रि बुकिङ्गमा भएको उल्लेखनीय सहभागीता एवं प्रतिकृयाबाट वास्तवमै हामीलाई अझै उत्साहित बनाएको छ । सामसङमा, हामीले निरन्तर नयाँ आविष्कारहरु गरी स्मार्टफोनको जगतमा नयाँ आयाम थपेका छौं । नयाँ एस२१ सिरिज यसैको अर्थपूर्ण आविष्कारको प्रमाण पनि हो ।’

आकर्षक डिजाइन एवं स्टाइल
ग्यालेक्सी एस२१ सिरिजले वास्तवमै एक नयाँ डिजाइन र बोल्ड नयाँ शैली प्रदान गरेर अरु स्मार्टफोन भन्दा पृथक बन्न पुगेको छ । एस२१ सिरिज सबै तीन स्मार्टफोनहरु आइकनिक डिजाइनका साथ बोल्ड एवं स्ट्राइकिङ्ग एस्थेटिक्सको साथ उपलब्ध रहेको छ । 

ग्यालेक्सी एस२१ अल्ट्रामा विशेष रूपमा कम्प्याक्ट ६.८ इन्च डिस्प्लेको प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । यसले इन्टेलिजेन्ट, एड्ज टु एड्ज डायनामिक एएमओेएलईडी २एक्स इन्फिनिटी ओ डिस्प्ले, सहज स्क्रोलिङ तथा उत्कृष्ट दृश्यावलोकनको लागि एडप्टिभ १२० हर्ज रिफ्रेस रेट तथा क्वाड एचडी प्लस डिस्प्ले रहेको छ । ग्यालेक्सी एस२१ र एस२१प्लस, ग्यालेक्सी एस२१ अल्ट्रामा आँखालाई थकान अनुभव नहुने विशेष आई अक्फर्ट सिल्ड पनि रहेको छ ।

ग्यालेक्सी एस२१ अल्ट्रा, ग्यालेक्सी एस२१ तथा ग्यालेक्सी एस२१प्लसमा लुक्स एवं जीवन्त अनुभवका लागि उत्कृष्ट फिनिसिङ गरिएको छ । आकर्षक, आँखालाई लोभ्याउने खालको नयाँ सिग्नेचर कलर, फान्टम भ्वाइलेट रंग समायोजन गरिएको छ । साथै ग्यालेक्सी एस२१ अल्ट्रा पनि एक परिष्कृत एवं टाइमलेस लुक्सलाई समेटेको छ । यसका फ्यानटम ब्ल्याक तथा फ्यानटम सिल्भर दुई रंगहरुमा उपलब्ध छन् ।

उत्कृष्ट एवं जीवन्त क्यामरा एवं भिडियो अनुभव
सबै नयाँ ग्यालक्सी एस२१ सिरिजले सामसङको क्यामरा हेरिटेजलाई प्रोग्रेड क्यामरा तथा भिडियो आविष्कारको साथ अगाडि बढाएको छ । जसले प्रत्येक सटहरु विशेष शटका रुपमा लिन मद्दत गर्दछ । ग्यालेक्सी एस२१ र ग्यालेक्सी एस२१ प्लस  एआईद्वारा संचालित ट्रिपल–लेन्स प्रो–ग्रेड क्यामेराको साथ उपलब्ध छ जसले रचनात्मक नियन्त्रण प्रदान गर्दछ । 

एआई संचालित क्यामेराले विषयवस्तुलाई सहज रूपमा आँकलन गर्दछ र दृश्यअनुसार आफूलाई समायोजन गर्दछ र प्रयोगकर्ताहरूलाई जस्तो सुकै अवस्थामा पनि सही शटहरू लिने स्वतन्त्रता प्रदान गर्न मद्दत गर्दछ । यो सुधारिएको स्पेस जुम फिचरको साथ पनि उपलब्ध छ जुन हल्लिएको हातहरूको असरलाई न्यून गर्दछ र ३०एक्सको जुमको साथ स्पष्ट फोटो खिच्ने स्वतन्त्रता प्रदान गर्दछ । 

एस२१ अल्ट्रा सबभन्दा उन्नत प्रोग्रेड क्यामेरा सिस्टमका साथ उपलब्ध छ जुन  जस्तोसुकै  प्रकाशको अवस्थाहरूमा पनि आश्चर्यजनक, स्टुडियोको जस्तै गुणस्तरीय तस्वीरहरू क्याप्चर गर्न सकिन्छ ।  यसले क्वाड रियर क्यामेरा (अल्ट्रा–वाइड, वाइड र डुअल टेलि–लेन्सहरू) उपलब्ध रहेको छ । जुन अपग्रेड गरिएको १०८ एमपि प्रोसेरको साथ आउँदछ, जसले ६४ गुणा स्पष्ट कलरहरुको साथ १२ विट एचडीआर फोटो तथा ३ गुणा वाइडर डाइनामिक रेन्जमा फोटो खिच्न सक्दछ । एस२१ अल्ट्रा १००एक्स स्पेस जुुमको साथ पनि आउँदछ जुन सामसङकको पहिलो ड्युअल–टेलि लेन्स सिस्टमद्वारा संचालित हो । यसमा भएको इम्प्रुभ्ड ब्राइट नाइट सेन्सरले प्रयोगकर्तालाई कम लाइटको अवस्थामा पनि उत्कृष्ट एवं उच्च गुणस्तरीय फोटो खिच्न सकिन्छ । 

यस सिरिजमा सामसङको आप्mनै अत्याधुनिक प्रोसेसर जिनस २१०० को प्रयोग गरिएको छ । नयाँ ग्यालेक्सी एस२१ सिरिज स्मार्टफोनले प्रयोगकर्तालाई नेक्स्ट जेनेरेशन कार्य क्षमता प्रदान गर्दछ । जसले प्रयोगकर्ताहरूलाई सम्पूर्ण ग्यालेक्सी इकोसिस्टममा पहुँच प्रदान गर्दछ । यसमा फोनमा अत्याधुनिक चिपसेट तथा  स्पिड इफिसियन्सीको समायोजन गरिएको छ । यसले फाइभजी कनेक्शन तथा अन डिभाइस एआइ लाई सपोर्ट गर्दछ । त्यसैले फोटो प्रोसेस, डप भिडियो रेकर्ड तथा गेमिङ म्याराथोन तथा इडिट भिडियो जस्ता कार्यहरु सहजै सम्पादन गर्न सकिने कम्पनीको दावी छ ।

उत्कृष्ट कार्यक्षमता एवं प्रोडक्सन
नयाँ एस२१ सिरिजले वास्तवमै नयाँ कार्यक्षमताका साथ सहजै कनेक्ट गर्न सक्दछ ।  यस फोनमा हालसम्मकै अत्याधुनिक चिपसेटको प्रयोग गरिएको छ, जसले गर्दा स्पीड र इफिसियन्सीको उत्कृष्ट तालमेल भएको छ । यस फोनमा भएको यस्ता सुविधाहरुले फोटोलाई प्रोसेस गर्न, टप भिडियोहरु खिच्न तथा इडिट गर्न तथा गेमिङ म्याराथनको मज्जा लिन सकिने पनि कम्पनीले जनाएको छ । त्यसैगरी, एस२१ अल्ट्रा फोन मा उच्चस्तरीय ५एमएमको नानो चिपसेटको समायोजन गरिएको छ । यसले गर्दा उत्कृष्ट कम्प्युटिङ क्षमता, उच्चस्तरीय इनर्जी इफिसियन्सी तथा उच्चस्तरीय स्पीड प्राप्त गर्न सकिन्छ । एस२१ अल्ट्रा फोनलाई ३० मिनेटमा ५०% चार्ज सहजै गर्न सकिन्छ ।

सामसुङको नक्स भल्टद्वारा अझै सुरक्षित गरिएको छ । यसमा आफ्नै प्रोप्राइटरी चिपसेट लेभल सेक्युरिटी प्ल्याटफर्म,  टाम्पर रेजिस्टेन्ट सेक्युएर मेमोरी, सामसङ नक्स भल्टले एस२१लाई  अतिरिक्त सुरक्षा प्रदान गरेको कम्पनीले दावी छ ।

डिभाइसहरुमा हाइपर फास्ट कनेक्सन सुविधा
ग्यालेक्सी एक२११ अल्ट्रामा उत्कृष्ट प्रविधि जस्तै अल्ट्रा वाइडब्यान्ड तथा नयाँ कनेक्टिभिटी क्यापासिटीको प्रयोग गरिएको छ । यसले उपल्लो तहमा पुगेर सिर्जनशीलता एवं उत्पादनशीलता वृद्धि गर्न मद्दत गर्दछ ।  

शून्य प्रतिशतमा ईएमआई
मोबाइल क्षेत्रमा पहिलो पटक सामसङले ०प्रतिशत ब्याजमा ईएमआई सेवा दिने भएको छ । यस सुविधाअन्तर्गत कम्तिमा रु. ९२०० को १२ किस्ता ग्राहकले तिर्नुपर्ने हुन्छ । सामसुङको ब्रान्ड स्टोरबाट सहजै प्राप्त गर्न सकिने किस्तावन्दी योजना नेपालका बैंकहरु एनआईसी एशिया, एनआईबीएल, नबिल, सानिमा र ग्लोबल आईएमई बैंकमार्फत लिन सकिन्छ ।

एक्सचेन्ज सुविधा
ग्राहकहरूले अब आफ्नो पुरानो फोनलाई एस२१ सिरिसँग साट्दा फोनको मूल्याङ्कन सहित थप रु.३००० रुपैयाँ अतिरिक्त लाभ लिन पाउनेछन् । यो सुविधा आर्को फोन र आईएमएस एक्सचेञ्जबाट लिन सकिन्छ ।

बीमा सुविधा
१ वर्षको लागि वन टाइम ब्रेकेजअन्तर्गत एकपटक ब्रेकेज बीमा नेपालको एनएलजी इन्स्योरेन्स कम्पनीमार्फत प्राप्त गर्न सकिन्छ ।

मूल्य, तथा उपलब्धता 
कम्पनीले नयाँ ग्यालेक्सी एस२१ अल्ट्रा (१२ जीबी र २२६ जीबी)को मूल्य १ लाख ५४ हजार ९ सय ९९ तोकेको छ । त्यस्तै ग्यालेक्सी एस२१ प्लस (८जीबी/२५६जीबी)को मूल्य १ लाख २९ हजार ९ सय ९९ तोकिएको छ । यसैगरी, एस२१ (८जीबी/२५६जीबी)को मूल्य १ लाख ९ हजार ९ सय ९९ राखिएको कम्पनीले बताएको छ । 

ग्यालेक्सी एस२१ अल्ट्रा दुईवटा रंग फ्यान्टम ब्ल्याक र फ्यान्टम सिल्भर रंगमा उपलब्ध छ । ग्यालेक्सी एस२१ प्लस फ्यान्टम ब्ल्याक, फ्यान्टम सिल्भर र फ्यान्टम भायोलेट रंगमा उपलब्ध छ । ग्यालेक्सी एस२१ दुई रंगहरु फ्यान्टम ग्रे र फ्यान्टम भायोलेट रंगमा उपलब्ध गराएको सामसुङ नेपालले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप