शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युटिसीको प्राथमिक लक्ष्य व्यापार होइन, गुणस्तरीय परामर्श

सोमबार, २६ माघ २०७७, २० : ०८
सोमबार, २६ माघ २०७७

नेपाली विद्यार्थीहरू अध्ययन र रोजगारीका निम्ति ठूलो रकम खर्च गरी सपनाको जोहो गरी अस्ट्रेलियाको सहर भित्रिन्छन्। भित्रिएका केही महिनामा उनका सपना एकातिर र दुख अर्कातिरको किनारा जस्तो हुन्छन्। यहि कारण खुट्याएर सुरक्षित परामर्शको उद्देश्यसहित सन् २०१९ मा स्थापित भयो युनिर्भसल थत कन्सल्ट (युटिसी)। 

ग्लोबल कन्सल्टेन्सीको इतिहासमा नै न्यु साउथ वेल्सका शिक्षा निर्देशक पिटर म्याकेले विहीबार औपचारिक उद्घघाटन गरेर युटिसीको लक्ष्य विद्यार्थीलाई उचित परामर्श र सुरक्षित गन्तव्यको नयाँ बाटो देखाए ।

युटिसीका प्रमुख कार्यकारी अधिकृत शिव बन्जारा भन्छन्, ‘अस्ट्रेलियामा विद्यार्थीले दुख पाउने अनेक कारण छन्। उचित परामर्श नहुँदा, व्यापारीकरण मात्र हुँदा मानसिकदेखि अन्य तनावमा परेको पाइयो। तर, हामी व्यापारीकरणको पक्षमा मात्र छैनौं, जिम्मेवार शैक्षिक परामर्शको विश्वसनियताको बाटो हिँडेका छौं।

अस्ट्रेलिया अन्तराष्ट्रिय विद्यार्थीहरूको लागि एक आकर्षक गन्तब्य भएको भन्दै पैसा कमाउने ध्यायेले बिद्यार्थीको भबिष्यसँग केही कन्सल्टेन्सीहरुले खेलेको गलत खेलको कारण विद्यार्थीहरू समस्यामा परेको बन्जारा बताउँछन् ।

अस्ट्रेलियाका बिभिन्न समुदायसँग आबद्ध रहि सन २००९ अस्ट्रेलिया बस्दै आएका बन्जारा बिशेषत अस्ट्रेलियामा अध्यानरत विद्यार्थीहरुको समस्याका जानकार रहेको र आईपरेका समस्या समाधानको लागि आहोरात्र खटी सहयोग गर्ने एक सामाजिक अभियान्ता पनि हुन्।
 
विद्यार्थीकै समस्यासँग रुबरु रहेका र समाधानका निम्ति बलियो आवाज बनाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संस्था (सीसा)का अध्यक्षको जिम्मेवारी निभाइसकेका बिजय सापकोटाको पनि उद्घघट्न क्रममा उपस्थित रहेका थिए।  

‘अहिले विद्यार्थीको मुख्य समस्या नै परामर्शका क्रममा रहेको पायौं, त्यसको न्युनिकरण गर्दै विद्यार्थीको मनोवैज्ञानिक अवस्थालाई समस्यामा होइन, त्यस्तो अवस्था आउनै नदिने पनि हाम्रो ध्येय हो’, बन्जाराले भने ।

अध्ययनसहित सपनाको लामो फेहरिस्त बोकेर भित्रिएका विद्यार्थीले कतिपय अवस्थामा आत्महत्याको बाटो समेत रोज्नुपरेको परिदृश्यलाई युटिसीका संस्थापकहरूले संश्लेषण गरेका छन्।

‘नेपाली विद्यार्थी अध्ययनका लागि वा अन्य कामका लागि आउँदा एउटा र आइसकेपछि अर्को अवस्था वा समस्यामा नपरुन् भन्ने युटिसीको पहिलो प्राथमिकता भएको उनको भनाइ छ । 

अस्ट्रेलियाको सरकारको शिक्षा बिभागको प्रतिनिधि र अस्ट्रेलियाको ठूला बिश्वबिद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा समुद्धघाटन भएको युटिसी अस्ट्रेलियाकै पहिलो कन्सलटेन्सी भएकोले पनि उत्कृष्ट तथा विद्यार्थिको भबिष्य लक्षित सुबिधा प्रदान गर्नुपर्ने नैतिक दबाब रहेको बन्जाराको कथन छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप