बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मंगलबार कुन राशिको भाग्यफल कस्तो रहला ?

मङ्गलबार, २७ माघ २०७७, ०५ : ५१
मङ्गलबार, २७ माघ २०७७

विसं. २०७७ साल माघ २७ गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–त्रयोदशी, ४७ घडी १४ पला, रातको ०१ बजेर ४१ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–पूर्वाषाढा, १९ घडी ३१ पला, दिउँसो ०२ बजेर ३६ मिनेट उप्रान्त उत्तराषाढा । योग–बज्र, ०६ घडी ३४ पला, बिहान ०९ बजेर ३६ मिनेट उप्रान्त सिद्धि । करण–गर, दिउँसो ०२ बजेर २० मिनेट उप्रान्त वणिज, रातको ०१ बजेर ४१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मित्र योग । 

चन्द्रराशि–धनु, बेलुकी ०८ बजेर २६ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ४९ मिनेट । दिनमान २७ घडी ३४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समुदायको हक हितको निम्ति काम गर्ने अवसर आएपनि असजिला परिस्थिती हरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजाँदा सफलता हात पार्न मुस्किल रहेको छ । व्यापार व्यावसायमा लगानी  गरेपनि भनेजस्तो आम्दानी नहुँदा मन दुःखी हुनेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नसोचेका ठाउँमा रुपैयाँ पैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । मायाप्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउन दिनभर जसो समय दिनुपर्नेछ ।  स्वास्थ्यको ख्याल गर्नुहोला उपचार खर्च बढ्ने योग रहेको छ । तरपनि बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापारमा लगानी गरी मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिने समय रहेको छ । साझेदार हरुबीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी  गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन्  । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलाशी वस्तुहरु प्राप्तिको गतिलो योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनाले खुसीले उचाई नाघ्नेछ । पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा वृद्धि हुनेछ भने थप ठाउँमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आँट तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

वौद्धिक कार्यमा सहभागी भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईंको काममा सहयोग नहुन सक्छ । पति पत्नीबीच मनमुटाव बढ्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला, अनेक बाधा अड्चन आईलाग्नेछ । विद्यामा सफलता पाउन निकै मिहिनेत गर्नुपर्ला । आफन्तबाट उपहार प्राप्तिको योग रहेपनि टरेर जानेछ ।
 
कन्या  (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाइ लेखाइमा मन नजाँदा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाढिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाईलो महसुस हुनेछ । राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । कृषी तथा सहकारी व्यवसायबाट मनग्गे लाभ लिन सकिने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धी हरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दुरीको व्यवसायिक यात्रा तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । विद्यार्थी वर्गहरुले पढार्इमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहौलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाझिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला, विवाद हुनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुँदा दैनिकी प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउन सहज हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्रले अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा परिवार कै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला,  स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउनेछ । लामो दुरीको विदेश यात्रा तय हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

भौतिक सम्पत्ति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत् मनग्गे आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यवसायबाट भनेजस्तो नाफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइ लखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी  फस्टाएर जानेछ ।
 
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ प्रकृतिको काम गर्ने वातावरण बन्नेछ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा प्रशासनिक कामहरु समयमा सम्पादन हुँदा मन प्रशन्न हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप