रौतहटमा सालको अवैध काठ बरामद, तस्कर भने फरार
मङ्गलबार, २७ माघ २०७७, ०८ : ५८
रौतहटस्थित सशस्त्र वन गस्ती टोलीले पाँच वटा साईकलमा सालको अवैध गोलियाकाठ बरामद गरेको छ । डिभिजन वन कार्यालय चोंचाका प्रमुख राजेश साहको नेतृत्वमा गएको गस्ती टोलिले गएराती गुजरा नगरपालिकाको मैढा टोल नजिकै छ वटा साइकलमा छ वटा सालको गोलिया काठ बरामद गरेको हो ।
बरामद काठ २९ कयु।फिट भन्दा बढी रहेको प्रमुख साहले बताएका छन । अवैध रुपले वनबाट काठ लगेको सूचनाको आधारमा गएको गस्ती टोलीलाई देखेर काठ तस्कर भने फरार भएका थिए । यसअघि सोमबार राति पनि बलुवा टोलको नहरबाट एकथान साइकल र गोलिया काठ ८ क्युफिट बरामद गरेको थियो ।
बरामद काठ र साइकल डिभिजन वन कार्यालय चोंचामा राखिएको तथा तस्करको खोजी भैरहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ