मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जीवनमन्त्रः बच्चाको पालन पोषणमा अत्यधिक सावधानी अपनाउनुपर्छ, आमाबुवाले सन्तानलाई सही–गलतबीचको फरक पक्कै सम्झाउनुहोस्

मङ्गलबार, २७ माघ २०७७, ०९ : ४१
मङ्गलबार, २७ माघ २०७७

कहानीः

हाभारतमा कन्ती आफ्ना पाँच पुत्रसँग वनमा बसिरहेकी थिइन् किनभने धृतराष्ट्र चाहँदैनथे कि पाण्डुका पुत्रले राज्य पाउन् । धृतराष्ट्रका पुत्र दुर्योधन अधर्मी थिए । उनले सधैं पाण्डव पुत्रलाई तनावमा पार्दथे । 

कुन्तीका श्रीमान् पाण्डुको श्रापका कारण मृत्यु भइसकेको थियो । पाण्डुकी दोस्री श्रीमती माद्रीको पनि मृत्यु भइसकेको थियो । तीन पुत्र कुन्तीको तर्फबाट र दुई पुत्र माद्रीको तर्फबाट । सबै पाच पुत्रको पालन कुन्तीले एक्लै गरिरहेकी थिइन् । 

कुन्तीलाई थाहा थियो, जंगलमा त कुनै पनि सुख सुविधा पाइनेछैन, त्यसैले कुन्तीले पाँचै सन्तानको पालन पोषण यसरी गरिन् कि त्यो धर्मको प्रतिक बन्यो । महाभारत युद्धमा जब श्रीकृष्णले कसको पक्ष लिने भनेर निर्णय लिनुपर्यो तब उनले धर्मको मार्गमा हिँडिरहेका पाण्डव पुत्रलाई चुने । 

राजा धृतराष्ट र गान्धारीका सय पुत्र थिए । सबै पुत्रलाई सुख–सुविधाका हरेक चिज उपलब्ध गराइएको थियो तर राजा र रानीले आफ्ना सन्तालाई राम्रो संस्कार दिएनन् । त्यसैले सबैजना अधर्मी भए । सन्तानको मोहमा धृतराष्ट्रले दुर्योधनलाई सही गलतबीचको फरक बुझाएनन् । यसै एक गल्तीका कारण पूरा कौरव वंश नष्ट भयो । 

पाठः

कुन्तीले पाँच पुत्रको पालन पोषण अभावबीच गरिन् तर संस्कार राम्रो दिइन् । धर्म के हो, त्यसबारे बुझाइन् । त्यसै कारण सबै पाण्डव श्रीकृष्णको प्रिय बने । हामीले पनि बच्चालाई सुख–सुविधाका साथै राम्रो संस्कार पनि दिनुपर्छ । यति गर्न सके मात्रै उनीहरु भविष्यमा सफल हुन सक्छन् र सुख शान्ति प्राप्त हुन्छ । बच्चाको पालनपोषणमा लापरवाही गरे उनीहरुको पूरा जीवन खराब हुनसक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप