बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इग्निस ‘अर्बन कम्प्याक्ट एसयूभी’ सार्वजनिक, १.२ लिटर बीएस६ भीभीटी पेट्रोल इन्जिनसहितका विशेषताहरु

मङ्गलबार, २७ माघ २०७७, १२ : ५७
मङ्गलबार, २७ माघ २०७७

काठमाडौं । प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजी÷नेक्स्ट जेनले न्यू इग्निसको ‘अर्बन कम्प्याक्ट एसयूभी’ सार्वजनिक गरेको छ । न्यू इग्निसले शानदार अग्रभागयुक्त एसयूभी डिजाइन, फराकिलो डिजाइनको एसयूभी सार्वजनिक गरेको हो । यसमा थपिएका एसयूभी विशेषतामा आकर्षक स्पोइलर र रुफ रेल समावेश छन् । 

आकर्षक डिजाइन, अग्लो अवस्थिति र उच्च ग्राउन्ड क्लियरेन्सको संयोजनले न्यू इग्निसलाई एउटा परिपूर्ण कम्प्याक्ट अर्बन एसयूभी बनाएको छ । यसमा थपिएका सुखद विशेषतामा आरामदायी र फराकिलो भित्री भाग, हालसालै विकसित सुरक्षा विशेषता, यस वर्गका कारहरुमै अब्बल ड्राइभिङ सामथ्र्य र गतिशीलता हुन् । न्यू इग्निसमा १.२ लिटर बिएस६ कम्प्लाएन्ट पेट्रोल इन्जिन छ, जसले सजिलो तथा आरामदायी ड्राइभिङ अनुभूति प्रदान गर्दछ । 

यू–आकारको बनावट
न्यू इग्निसको विशिष्ट डिजाइनलाई एसयूभी डिजाइनका तत्वहरु समावेश गरेर सशक्त बनाइएको छ । अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेटसहितको फ्रन्ट ग्रिलले यसलाई स्थिरस्वरुप दिएको छ । 

अग्ला सिट, आकर्षक र फराकिलो आकारसहितको पछिल्लो फेसिया, रुफ रेल र स्पोइलरले यसको एसयूभी विशेषतालाई अझै माथि उकासेका छन् । भव्य डिआरएलएसबाट सुसज्जित प्रभावकारी तथा व्यवस्थित एलइडी प्रोजेक्टर हेडल्याम्पले न्यू इग्निसमा देखिने भव्यतालाई अझ बढी प्रस्ट पारेको छ ।

आकर्षक इन्टेरियर
न्यू इग्निसको फराकिलो क्याबिनमा विशिष्ट डुअल टोन आइभोरी इन्टेरियर सिट फेब्रिक र नयाँ आधुनिक ढाँचा देख्न पाइन्छ । ड्यासबोर्डको विशिष्ट लिनियर डिजाइनले क्याबिनमा प्रशस्त खुला ठाउँको अनुभूति दिलाउँछ । सिग्नेचर नेक्साको निलो रङसँग पंक्तिबद्ध हुँदै ब्लू हाइलाइटले यसको केन्द्रीय ढाँचालाई सजाएको छ । न्यू इग्निसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो छ । 

इन्जिन तथा ट्रान्समिसन
न्यू इग्निसमा बिएस६ कम्प्लायन्ट १.२ लिटर भीभीटी पेट्रोल इन्जिन छ । यो आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्नेगरी पूर्ण रुपमा सुधार गरिएको इन्जिन हो । 

सुपेरियर सेफ्टी
नयाँ इग्निसमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । नयाँ इग्निसमा सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्टे«न सिस्टम र इबीडीसहितको एबीएस रहेको छ । 
हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ इग्निसमा फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ । 

मूल्य
इग्निस डेल्टाको मूल्य ३१ लाख ४९ हजार, इग्निस जेटाको मूल्य ३४ लाख ४९ हजार र इग्निस अल्फाको मूल्य ३७ लाख ४ हजार तोकिएको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप