मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य वीमा बोर्डले करारमा ९ अधिकृत माग्यो

मङ्गलबार, २७ माघ २०७७, १६ : ०९
मङ्गलबार, २७ माघ २०७७

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्ड टेकुले कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । स्वास्थ्य वीमा बोर्ड टेकुले ९ जना कर्मचारीको दरखास्त आव्हान गरेको हो । मंगलबार बोर्डले करार सेवामा ५ जना फार्मेसी अधिकृत र ४ जना  मेडिकल अधिकृत गरी ९ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो । 

फार्मेसी अधिकृतको लागि एम. फार्म उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव भएको र मेडिकल अधिकृतले एमबिबिएस पास गरी २ वर्षसम्म  काम गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बोर्डले  जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप