शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–माधव पक्षको बृहत प्रदर्शनअघि काठमाडौंमा ‘मार्चपास’ (तस्बिरमा हेर्नुस्)

मङ्गलबार, २७ माघ २०७७, १६ : ३०
मङ्गलबार, २७ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा मार्चपास गरेको छ । बुधबार काठमाडौंमा आयोजना गरिएको बृहत् जनप्रदर्शनअघि प्रचण्ड–माधव पक्षका  जनवर्गीय संगठनहरुले मार्चपास गरेका हुन् । मार्चपासमा रातो क्याप लगाएका युवाहरु सहभागि रहेका थिए । 

प्रतिनिधिसभा विघटन लगायतका प्रधानमन्त्रीका असंवैधानिक तथा प्रतिगामी कदमविरुद्ध बुधबार प्रचण्ड–माधव पक्षले बृहत जनप्रदर्शनसहितको विरोध सभा गर्दैछ । विरोधसभा अघि उपत्यकाका ५ स्थानबाट जुलुस निकाल्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । उपत्यकाका पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट निकाल्ने जुलुसको केन्द्रीय नेताहरुले कमाण्ड गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप