शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब विवाह अघि प्रियंका चोपडाले गरिन् निकको जासुसी

बुधबार, २८ माघ २०७७, १३ : ३८
बुधबार, २८ माघ २०७७

नायिका प्रियंका चोपडा र निक जोनसको जोडी संसारभरी रचाइन्छ । उनीहरु एक यस्ता जोडी हुन जो सधैं आफ्नो केमेस्ट्रीमार्फत् सबैको मन जित्न सफल हुन्छन् । उनीहरुले जे गर्छन्, त्यसले सबैको ध्यान खिचिरहेको हुन्छ । 

तर जुन जोडीलाई पूरा संसारले यति यति परफेक्ट मान्छ, विवाह अघि कहानी भिन्न थियो । प्रियंका आफैंले बताइसकेकी छिन् कि उनले एकपटक निक जोनसको जासुसी गरिसकेकी छिन् । 

एक अन्तरवार्तामा प्रियंकाले यसबारे जानकारी दिँदै भनेकी छिन् । एकपटक निक उनकी आमासँग लञ्चमा गएका थिए । त्यतिबेला प्रियंका र निकको प्रेम सम्बन्ध बसेको केही महिना मात्रै बितेको थियो । 

त्यतिबेला निकले पनि प्रियंकाको परिवारलाई खासै राम्रोसँग चिन्दैनथे । यस्तोमा निक एक्लै आमासँग लञ्चमा जानु प्रियंकालाई खासै चित्त बुझिरहेको थिएन । 

त्यसैकारण निकमाथि निगरानी राख्नका लागि प्रियंकाले आफ्ना सेक्युरिटी गार्ड उनको पिछा गर्न अह्राइन्  र तस्बिर खिच्न पनि आदेश दिइन् । यी दुई के गर्छन् भन्ने कुरा प्रियंका थाहा पाउन चाहन्थिन् । 

प्रियंका मान्छिन् कि उनी साँच्चै नै हरेक कुरामाथि आफ्नो नियन्त्रण राख्न चाहन्छिन् । उनलाई सबैकुरा थाहा पाउन निकै हतार हुन्छ यस्तोमा कुनै प्रकारको सिक्रेट र सर्प्राइजले उनलाई सधैं अशान्त राख्ने गर्छ । 

उनको यही बानीले विवाह अघि उनलाई निकमाथि जासुसी गर्न बाध्य पार्यो । उनले अब यो कुरा निक जोनसलाई भनेकी छिन् वा छैनन्, त्यसबारे उनले कुनै खुलासा गरेकी छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप