ad
केन्द्रीय संस्करण

अमेरिकी सैनिकले लुटेका थिए हिटलरको टोयलेट सीट, २२ लाखमा भयो लिलामी

person explore access_timeमाघ २८, २०७७ chat_bubble_outline0

जर्मनका विवादित शासक एडोल्फ हिटलरको घरबाट लुटेको सामानलाई अब एक अमेरिकी परिवारले लुटेको छ  । यीमध्ये सबैभन्दा चर्चित हिटलरको नीजि टोयलेट सीट रह्यो । हिटलरको टोयलट सिटको लिलामी मूल्य ५ हजार डलरबाट सुरु भएको थियो र यो १५ हजारसम्म पुग्ने आशा गरिएको थियो । यद्यपि, १९ हजार डलर अर्थात् २२ लाख रुपैयाँमा यो सीट लिलामी हुँदा परिवार निकै खुसी छ । 

वास्तवमा दोस्रो विश्वयुद्धको अन्तिम दिनमा हिटलरको मृत्यु भएपछि अमेरिकी सेना बर्कटेसगाडेन पुगेको थियो । यहाँ हिटलरको होलिडे होम थियो र पहाडको बीचमा बनाइएको यो घरमा हिटलर कहिलेकाँही आउने गर्दथे । बमबारी र गोलीबारीले यो शहर ध्वस्त भइसकेको थियो र हिटलरको घरमा प्रवेश गरेर एक अमेरिकी सैनिकले उनको टोयलेट सीट चोरेका थिए । 

रेग्नवाल्ड बोर्च नामका यी अमेरिकी सैनिकलाई जर्मन र फ्रेन्च भाषा राम्रोसँग आउँथ्यो । ती सैनिकलाई वरिष्ठ अधिकारीले उनले चाहेको खण्डमा हिटलरको घर अथवा बर्गहोफबाट ल्याउन सकेको जति सामान ल्याउन अनुमति पाएका थिए । त्यसपछि यी सैनिकले हिटलको नीजि टोयलेट सीट पनि ल्याएका थिए । 

सेतो रङको यो काठको टोयलेट सिट ४५ इन्च चौडा छ । बोर्चले सुरुमा यसलाई सिपिङको सहारामा अमेरिका ल्याए । त्यसपछि उनले यसलाई न्यूजर्सीको आफ्नो घरको बेसमेन्टमा राखिदिएका थिए । ८ फेब्रुअरी (सोमबार) अमेरिकाको मेरिल्याण्डमा एलेक्जेन्डर हिस्टोरिकल अक्सन्सले यो लिलामीको आयोजना गरेका छन् । यो लिलामी कम्पनीका अनुसार जबदेखि रेग्रेवाल्डले यो टोयलेट सीट र अन्य सामान घरमा ल्याएका थिए, उनी ती सामानहरु घरको बेसमेन्टमा नै राखेका थिए । 

यसबाहेक हिटलरका केही नीजि सामान पनि लिलामी भएको छ । यसमा हिटलरको सेभिङ मग र म्युनिख अपार्टमेन्टमा भेटिएको उनको आफ्नै फोटो छ । यसबाहेक यूएस प्यारासुट रेजिमेन्टका एक सैनिकले हिटलको नीजि हेयरब्रस पनि ल्याएका थिए । उक्त हेयरब्रसमा भएका हिटलरका केही कपाल पनि लिलामी गरिएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.