शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा महानगरका ६ वटा विधेयक पास, १७ वटा संशोधन

बुधबार, २८ माघ २०७७, १७ : २४
बुधबार, २८ माघ २०७७

पोखरा । पोखरा महानगरपालिकाले आठौं नगरसभा (विधानसभा) प्रस्तुत गरेका सबै विधेयक पास भएका छन् । महानगरले ल्याएका ६ वटा नयाँ विधेयक र १७ वटा संशोधन विधेयक सर्वसम्मत पास भएका हुन् ।  नगरसभा पास गरेका कृषि, पूर्वाधार विकास निगम, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, पर्यटन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक नयाँ हुन् ।

आर्थिक कार्यविधि, गण्डकी बहुप्राविधिक शिक्षालय, कर तथा गैर राजश्व, खेलकुद, सहकारी, सुशासन, सहरी योजना, बालबालिकाको अधिकार व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सार्वजनिक निजी साझेदारी, पूर्वाधार विकास, कृषि व्यवसाय प्रवद्र्धन ऐन, नगर प्रहरी ऐन, न्यायिक समिति लगायत १७ वटा ऐन तथा कार्यविधि संशोधन गरिएको हो ।

पोखरा महानगरपालिकाको यही माघ २५ देखि २७ गते सम्म भएको नगरसभा (विधान सभा)को प्रारम्भमा नै उप प्रमुख मञ्जुदेवी गुरुङज्यूले प्रस्तुत गरेका वार्षिक बजेट २०७७÷०७८ परिमार्जन गर्ने सम्बन्धी र अस्थायी, करार, ज्यालादारी, कर्मचारीको अवकास सुविधा सम्बन्धी विशेष प्रस्ताव नगरसभाले सर्वसम्मतले पारित गरेको छ ।

नगरसभामा ६ वटा नयाँ विधेयक र १७ वटा विधेयक, नियमावली संसोधनका लागि प्रस्तुत भएकोमा नयाँ विधेयक र संशोधन लागि प्रस्तुत गरिएका विधेयकमा छलफल गरी सदस्यहरुले दिएका सुझावलाई समेट्ने गरी पारित गरिएको हो । 

विधायन समितिका संयोजक शोभामोहन पौडेलले महानगर कार्यपालिकाको ४६ औं पूर्ण बैठकमा नयाँ ऐन र नियमावली संसोधनको प्रस्ताव प्रस्तुत गरेपछि बैठकले उक्त प्रस्तावलाई नगर सभामा पेश गर्ने निर्णय गरेको थियो । सभामा पेस भएको गैरसरकारी संस्था सम्वन्धी विधेयक भने सभामा टेबुल भए पनि संघ सरकारको कानुनसँग नमिल्ने भन्दै फिर्ता गरिएको छ । 

अहिलेसम्म महानगरले झण्डै १ सय हाराहारीमा ऐन बनाएको पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले बताए । संघले कानुन निर्माण गर्नु अगाडी पोखरा महानगरले बनाएकाले नयाँ कानुन हेरेर बाझिने बुदा हटाइएको उनले बताए ।

कर्मचारीलाई दिने भनिएको गोल्डेन ह्यान्डसेकका विषयमा सभाले निर्णय भने गरेन । सभामा पेस गरिएका विशेष प्रस्ताव संशोधनसहित पास गरिएको छ । महानगरले अस्थायी, करार, सेवा करार र दैनिक ज्यालादारी कर्मचारी निवृत्त हुँदा केही सहुलियत दिने गरी प्रस्ताव ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप