बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी पाँच बानीका कारण समय अगावै लाग्छ बुढेसकाल, हुनुहोस् सावधान

बिहीबार, २९ माघ २०७७, ०६ : ३९
बिहीबार, २९ माघ २०७७

हाम्रो जीवनशैलीको हाम्रो स्वास्थ्यमा निकै ठूलो असर पार्ने गर्छ । हामीले दैनिक अपनाउने केही बानी यस्ता हुन्छन् जसका कारण बुढेसकालको लक्षण समय अगावै देख्न थाल्छ । हामी आज तपाईंलाई यस्ता बानीबारे जानकारी दिँदै छौं जसले हामीलाई समय अगावै बुढो बनाउन सक्छ, यस्ता बानीलाई हामीले परिवर्तन गर्न आवश्यक छ । 

स्ट्रबाट पिउनुः

जब हामी कुनै ड्रिङ्क स्ट्रबाट पिउँछौं भने हाम्र्रो ओठको चारैतिर एक संकुचन हुन्छ । यसले अनुहारमा समय अगावै लाइन र चाउरी देखिन सक्छ । तपाईंले गिलास वा कपबाट नै जुस पिउने बानी बसाल्नुहोस् । 

जंक फूड वा कोल्ड ड्रिङ्कः

जंक फूडमा धेरै नै ट्रान्स फ्याट, नुन र चिनी हुन्छ । यसमा पोषक तत्व शून्य बराबर हुन्छ । जंक फूडले शरीरबाट कोलोजनको मात्रा कम गर्छ । कोलेजनले अनुहारमा चाउरी पर्नबाट रोक्छ । यस्तै सोडा र कोल्ड ड्रिङ्क्सले पनि अनुहारमा चाउरी पर्न सघाउ पुर्याउँछ । 

रक्सीको अत्यधिक सेवनः

केही अनुसन्धानका अनुसार जो मानिसहरु रक्सीको अत्यधिक सेवन गर्छन्, उनीहरुमा बुढेसकालको लक्षण चाँडै नै आउने गर्छ । रक्सीको अत्यधिक सेवनले आँखा मुनी कालो दाग, अनुहारमा चाउरी र डिहाइड्रेशन हुने गर्छ । 

घोप्टो परेर सुत्नुः

सुत्दा शरीरले ऊर्जा प्राप्त गर्छ तर यदि तपाईं घोप्टो परेर सुत्नुहुन्छ भने तपाईंमा बुढेसकालको लक्षण चाँडै नै आउन सक्छ । एस्थेटिक सर्जरी जर्नलमा छापिएको एक अनुसन्धानका अनुसार घोप्टो परेर सुत्दा अनुहारमा सिधा दबाब पर्छ जसका कारण चाउरी पर्न थाल्छ । त्यसैले तपाईंले आफ्नो सुत्ने तरिकामा परिवर्तन गर्नुपर्छ । 

निद्रा अपुग हुँदाः

निद्रा पूरा नहुँदा पनि अनुहारमा चाँडै नै चाउरी पर्न थाल्छ । निद्रा पूरा नहुँदा पूरा रुटिन बिग्रने गर्छ । यसको असर शरीरमा पनि पर्छ । युनिभर्सिटी हस्पिटल केस मेडिकल सेन्टरको एक शोधमा निद्रा पूरा नहुनेहरुको अनुहारमा अत्यधिक चाउरी देखिएको पत्ता लागेको छ । साथै यसको एक प्रमुख कारण तनाव पनि मानिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप