गधा भनी न होच्याउनुस्, संसारकै महंगो पनिर गधाकै दूधबाट बन्छ
संसारमा खाने वस्तुको कुनै कमी छैन। एक से एक राम्रा,स्वादिष्ट र महँगा खाद्य पदार्थ रहेका छन् मानिसको 'फुड चेन'मा। पनीर पनि यस क्रममा अति प्रचलित खाध्य पदार्थ हो। अधिकांश मानिसले पनीरलाई बडो रुचिका साथ खाने गर्छन्। यति मात्र कहाँ हो र ! घरमा कुनै पाहुना आएको छ भने उसको आदर सत्कारका लागि पनीरकै तरकारी पकाउने प्रचलन समाजमा व्याप्त रहेको छ।
जस्तो कि तपाईंहरुलाई थाहा नै छ पनीर 'एनिमल प्रोडक्ट' हो। विभिन्न जनावरबाट प्राप्त हुने दुधबाट पनीर बनाइन्छ। गाई, भैंसी र बाख्राको दुधबाट बन्ने पनीरबारे तपाईंलाई थाहै होला। तर के तपाईंलाई थाहा छ सबैभन्दा महँगो पनीर कुन जनावरको दुधबाट तैयार हुन्छ ?
तपाईंहरुले एक अर्कालाई होच्याउने क्रममा, गाली गर्ने क्रममा, आफू भन्दा कमसल देखाउने क्रममा कति पटक गधा भनी आत्मरति लिनुभयो ? शायद तपाईंसंग यसको गन्ती नै छैन होला, परी आए यो समाचार पढ्न साथ तपाईं आफ्नो छेउछाउमा रहेको व्यक्तिलाई गधा भन्न किञ्चित पनि अप्ठेरो मान्नु हुन्न।
सर्बियामा एउटा यस्तो फार्म हाउस छ जहाँ गधा मात्रै पालिन्छन्। जैसाविका नामक यस फार्म हाउसमा पोथी गधाको दुधबाट पनीर बनाउने काम गरिन्छ। फार्म हाउसका मालिक स्लोबोदान सिमिक भन्छन् - मेरो फार्म हाउसमा २०० वटा पोथी गधा छन्। म यसको दुधबाट विभिन्न खाद्यपदार्थका साथै पनीर पनि बनाउछु।
सर्बियाका यी गधा पालक स्लोबोदान आफूले बनाएको पनीरका कारण प्रसिद्ध हुनुका साथै मालामाल पनि भएका छन्। उनको जैसाविका
फार्म हाउसमा बनेको पनीर संसारभरि नै लोकप्रिय भएको छ। ठूलठुला खाद्य स्टोरमा उनले बनाएको पनीर बिक्री हुन्छ। पोथी गधाको दुधबाट बनेको पनीरको बजार भाउ १,२५००० हजार देखि १,६०००० रुपैया प्रति किलोग्रामसम्म हुन्छ। यो नै विश्वको सबैभन्दा महंगो मुल्यमा बिक्ने पनीर हो।
स्लोबोदान सिमिक भन्छन, गधाको दुध अति लाभकारी एवं पोषिलो हुन्छ,यसमा आमाकै दुधको जस्तो गुण रहेका हुन्छन। उनको दावी छ म भन्दा पहिला कसैले पनि गधाको दुध बाट पनीर बनाएको छैन उनी यस प्रोडक्ट माथी आफ्नो एकाधिकार रहेको दावी पनि गर्छन।
उनका अनुसार गधाको दुधमा कैसीन (casien protein) प्रोटीन स्तर कम रहेकोले यस बाट पनीर बनाउन गाह्रो भयो। सामान्यतया दुधमा २ किसिमका प्रोटीन हुन्छन कैसीन (casien )र ह्वे (whey -serum) प्रोटीन। गधाको 'लो कैसीन प्रोटीन' दुधबाट पनीर बनाउने आइडियाका क्रममा उनलाई यसको प्रविधि हात लाग्यो र उनले गधाको दुधबाट पनीर बनाउने सफलता पाए।
पोथी गधाले दिने दुधको मात्रा अति कम हुन्छ। सामान्यतया गधाको पोथीले दिनमा एक लिटर दुध मात्रै दिने गर्छ। यस कारण उनले बनाउने पनीरको मात्रा अति अल्प रहेको हुन्छ। यस पनीरको उत्पादन कम भएकाले यसको मुल्य चर्को रहेको छ र चर्को मुल्यका कारण यसको लोकप्रियता बढ्दै गइ रहेको छ।
Photo:: https://gdb.rferl.org
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ