हानले बुझायो पर्यटनमन्त्रीलाई १४ बुँदे मागपत्र
काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले विभिन्न माग राखी सरकारलाई १४ सत्रीय मागपत्र पेस गरेको छ । बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेट गरि हानका प्रतिनिधिहरुले १४ बुँदे मागपत्र बुझाएका हुन् । कोरोना–१९ पछि होटल व्यवसायको क्षेत्र निकै नाजुक अवस्थामा पुगेको भन्दै हानले सो क्षेत्रको वास्तविकता बुझी सोही बमोजिम सहयोग गरिदिन पर्यटन मन्त्रीसँग माग गरेका छन् ।
कोभिड–१९ का कारण व्यापार व्यवसाय नहुँदा बैंकिङ्ग ब्याजदर किस्ता चलाउन नसकेको, भाडामा समस्या भएको, विद्युत महशुल तिर्न कठिन भएको र कर्मचारीलाई तलब समेत खुवाउन नसकिने अवस्था बनेको भन्दै सो समस्या समाधनमा सहयोग गरिदिन हानले मन्त्रीसँग आग्रह गरेको हो ।
हालका लागि होटल व्यवसाय खुल्ला गरिएपनि व्यापारका रुपमा प्रायः होटलहरु बन्द नै रहेको भन्दै कोरोनाको विशेष परिस्थिति र पर्यटक आगमनको अनिनिश्चितता हेर्दा तत्काल पर्यटन पुनरुत्थान सम्भव नदेखिएको हानको भनाई छ । कोरोनाका कारण होटल बन्द हुँदा आम्दानी शून्य रहेको समयमा अधिकतम खर्च कर्मचारीहरुको पारिश्रमिकमा जाने र विगत १० महिनादेखि कर्मचारीहरुलाई नियमित भुक्तानी भइरहेकोले ऋणमाथि ऋण थपिएको स्मरण गराउँदै अबका दिनमा कसरी कर्मचारीको व्यवस्थापन गर्ने भन्ने समस्या रहेकोले सरकारी सहयोग र समन्वयको आवश्यक औंल्याइएको छ ।
साथै व्यवसाय स्थापना, सञ्चालन तथा स्तरीकरण गर्न बैंकबाट लिइएका विभिन्न शीर्षकका ऋणको व्याज परिस्थिति अनुकूल नहुञ्जेलसम्मका लागि मिनाहा, छुट तथा भुक्तानीको समय सीमा थपिदिन र विद्युत् डिमाण्ड चार्जमा लकडाउन भर सञ्चालनमा नरहेको समयको पुरै छुटको व्यवस्था गरिदिन समेत हानले सरकारसँग माग गरेको छ । बिजुलीको महसुल तिर्ने समय सीमा कम्तीमा पनि एक वर्षका लागि पछाडी सारिदिन र व्यवसाय पूर्णत लयमा नफर्किदासम्म विद्युत महशुलमा ५० प्रतिशत छुटको व्यवस्था गरिदिन समेत हानले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह