बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारको पहिलो प्राथमिकता निर्वाचनः मन्त्री साह

बिहीबार, २९ माघ २०७७, १८ : ४७
बिहीबार, २९ माघ २०७७

काठमाडौं । शहरी विकास मन्त्री प्रभु शाहले सरकारले निर्वाचन केन्द्रीत गरेर काम कारबाही अगाडि बढाएको बताएका छन् । बिहिबार शहरी विकास मन्त्रालयले गरेको कामहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले निर्वाचनलाई नै केन्द्रीत गरेर आफ्नो काम कारबाही अगाडी बढाएको बताएका हुन् ।

सरकारको निर्धारित कार्यक्रमलाई प्रभावकारी बनाउनेगरी सरकार अघि बढेको उनको भनाई छ ।  त्यसैगरी सरकारको प्राथमिकतामा सुरक्षित नागरिक आवास कार्यक्रम र जनता आवास कार्यक्रम रहेको पनि उनले बताए । यी दुई कार्यक्रमलाई प्रभावकारी बनाउन विशेषगरी निर्माणाधीन कामलाई पहिलो प्राथमिकता दिएर अगाडी बढाउने निर्देशन दिइसकेको उनको भनाई छ । मन्त्री साहले नयाँ शहरको डिपिआर पुरा हुँदै गरेकाले एक प्रदेशमा एक स्मार्ट सिटी निर्माणकै तहमा पुर्याउने गरी अघि बढेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप