शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आजः बाँदरबाट कसरी मानिस भयौं भनेर जानकारी दिने चार्ल्स डार्विनको जन्म; डा. पिताले भन्थे, ‘छोराले पूरा खानदानकै बेइज्जत गराउनेछ’

शुक्रबार, ३० माघ २०७७, ०६ : ५६
शुक्रबार, ३० माघ २०७७

पढ्न–लेख्न उनलाई फिटिक्कै मन पर्दैनथ्यो । उनका पिता चाहन्थे कि छोरा ठूलो भएर डाक्टर बनोस् तर उनलाई किरा फट्याङ्ग्रा र प्रकृतिबारे जान्न शौख थियो । यहाँ जसको कुरा भइरहेको छ, उनको नाम हो चार्ल्स डाविर्न । उनको जन्म आजकै दिन अर्थात् सन् १८०९ फेब्रुअरी १२ मा भएको थियो । चार्ल्स डार्विनका पिता रोबर्ट डार्विन र आमा सुसान डार्विन दुबै चर्चित डाक्टर थिए । त्यसैले उनीहरुको छोरा पनि डाक्टर नै बनोस् भन्ने इच्छा थियो  ।

तर पिताले अत्यधिक कोसिस गर्दा पनि चार्ल्स पढाईमा ध्यान नै दिँदैनथे । यो देखेर उनका पिताले भनेका थिए, ‘तिमीलाई शिकार गर्न र मुसा समात्नबाहेक अन्य केही कुराको मतलब छैन । यस्तो गरेर तिमीले आफ्नो मात्रै होइन, पूरा खानदानकै बेइज्जत गर्नेछौ ।’

पृथ्वीमा जीवन कसरी आयो भन्ने विषयमा चार्ल्स सधैंजसो घोत्लिरहन्थे । 

डिसेम्बर १८३१ मा जब चार्ल्सको उमेर २२ वर्षको थियो तब उनले बिगल नामको जहाजबाट आफूभन्दा टाढा जाने मौका पाए । चार्ल्सले यो मौका हातबाट जान दिएनन् । बाटोमा जहाँजहाँ जहाज रोकियो, त्यहाँ त्यहाँ चार्ल्स ओर्लिएर जीव जन्तु, बोटविरुवा, रुख, ढुङ्गा–चट्टान र किरा फट्याङ्ग्रालाई अवलोकन गर्न थाले र त्यसको नमूना जम्मा गर्न थाले । थुप्रै वर्षसम्म काम गरेपछि उनले यो पृथ्वस्मा जति पनि प्रजाति छन्, ती मूल रुपमा एकै जातिबाट उत्पत्ति भएको बताए । उनका अनुसार समय र परिस्थितीका साथै उनीहरुले आफूलाई परिवर्तन गरे र भिन्न भिन्न प्रजाति बन्यो । 


संसारलाई भने, ‘हाम्रा पूर्खा बाँदर थिए’

२१ नोभेम्बर सन् १८५९ मा चार्ल्स डार्विनको किताब ‘अन द ओरिजिन अफ स्पेसिस बाय मिन्स अफ नेचुरल सिलेक्सन’ प्रकाशित भयो । यो किताबमा एउटा च्याप्टर थियो ‘थ्योरी अफ इभोलुशन’ । यसैमा हामी बाँदरबाट कसरी मानिस बन्यौं भन्ने जानकारी दिएको थियो । 

उनको मान्यता थियो कि हामी सबैका पूर्खा एउटै हुन् । उनले दिएको जानकारी अनुसार केही बाँदर भिन्न भिन्न स्थानमा बस्न थाले, त्यसैले क्रमशः आवश्यकताका अनुसार उनीहरुमा परिवर्तन आउन सुरु भयो । उनीहरुमा आएको परिवर्तन उनीहरुका पछिको पीढिमा देखिन थाल्यो । 

उनले यसबारे बुझाउँदै भने, ‘ओरेंगुटेन (बाँदरको एक प्रजाति) को एउटा छोरा रुखमा र अर्को जमिनमा बस्न थाल्यो । जमिनमा बस्ने छोराले आफूलाई जिउँदो राख्नका लागि नयाँ कला सिके । उसले उभिन, दुई खुट्टामा हिँड्न, दुई हातको प्रयोग गर्न सिक्यो ।’

‘पेट भर्नका लागि शिकार गर्न र खेती गर्न सिक्यो । यसरी ओरेंगुटनको एउटा छोरा बाँदरबाट मानिस बन्यो । यद्यपि, यो परिवर्तन एक वा दुई वर्षमा भएको होइन, यसका लागि करोडौं वर्ष लाग्यो ।’

यसै थ्योरीका कारण चार्ल्स डार्विनले संसारभरी पहिचान पाए । जो पिता कुनै बेला उनका छोराले पूरै खानदानको बदनामी गर्ला भनेर चिन्तित थिए जब छोराकै कारण उनको पहिचान बनेको छ । 

अन्य महत्वपूर्ण घटना यस्ता छन्ः

२००२ः इरानको खुर्रमबाद एयरपोर्टमा अवतरण गर्नेबेला विमान दुर्घटनाग्रस्त भएको थियो । यो दुर्घटनामा ११९ जनाको मृत्यु भएको थियो । 

१९९४ः नर्वेका चित्रकार एडवर्ड मंकको रचना द स्क्रिम चोरी भयो । पछि यो भेटिएको थियो । 

१९२०ः खलनायकको भूमिकाका लागि चर्चित रहेका बलिउड अभिनेता प्राणको जन्म

१८१८ः चिलीले स्पेनबाट स्वतन्त्रता पायो । 

१८०९ः अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको जन्म
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप