बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विरानो टापुमा ३३ दिनदेखि फसेका थिए ३ व्यक्ति, मुसा र नरिवल खाएर बाँचेका थिए

शुक्रबार, ३० माघ २०७७, ०८ : ०४
शुक्रबार, ३० माघ २०७७

क्यूबाका दुई पुरुष र एक महिला ३३ दिनदेखि बाहामासको एउटा विरानो टापूमा फसेका थिए । यो टापुमा खान लायक एउटै मात्र चिज थियो, नरिवल । यी मानिसहरु पछिल्लो एक महिनाभन्दा पनि बढी समयदेखि एंग्युएला नामको स्थानमा फसेका थिए । 

यूएस कोस्ट गार्डको हेलिकोप्टर उक्त क्षेत्रमा नियमित गस्ती गरिरहेको थियो, त्यति नै बेला हेलिकोप्टरमा बसेका पाइलटको नजर एउटा फर्फराइरहेको झण्डामा पर्यो । पाइलटलाई तत्काल महसुस भयो कि त्यो क्षेत्रमा मानिसहरु फसिरहेका छन् र उनीहरुलाई मद्दतको आवश्यकता छ । यूएस कोस्ट गार्डले उक्त क्षेत्रको तस्बिर पनि सोसल मिडियामा साझा गरेको छ जहाँ यी मानिसहरुले आफ्नो क्याम्प बनाएका थिए । 

त्यसपछि कोस्ट गार्डका सदस्यले हेलिकोप्टरबाट खानाको प्याकेट र पानी फ्याँकिदिए । यसबाहेक उनले एउटा रेडियो पनि फ्याँके ता कि उनीहरुले आफ्नो कुरा राम्रोसँग भन्न सकून् । यी तीनैजनालाई ८ फेब्रुअरीमा देखिएको थियो तर खराब मौसमका कारण यो उद्धारकार्य भोलिपल्ट मात्रै पूरा हुन सक्यो । 

यी मानिसहरुको उद्धार गरेपछि फ्लोरिडाको मेडिकल सेन्टर लगियो जहाँ उनीहरुको उपचार चलिरहेको छ । यीमध्ये कसैलाई पनि कुनै प्रकारको चोट लागेको छैन । यो मामिलामा प्रशासनले उनीहरुको डुङ्गा पल्टिएको र तीनैजना पौडी खोलेर यो द्वीपसम्म पुगेको जानकारी दिए । यद्यपि, यो बिरानो टापूमा पनि उनीहरुले हिम्मत हारेनन् र ३३ दिनसम्म यी मानिसहरु नरिवल र मुसा खाएर आफूलाई जिउँदो राख्न सफल रहे । 

कोस्ट गार्ड लेफ्टिनेन्ट जस्टिनले एनबीसी १२ सँगको कुराकानीमा पाइलटले केही अचम्मको झण्डा देखेको र यसमा थुपै रङसमेत भएको बताए । यसैकारण यी व्यक्ति थोरै अचम्मित भए र उनले उक्त स्थानमा ध्यानपूर्वक हर्दा तीनजना मानिसहरुले उनलाई हात हल्लाएर इशारा गरिरहेको देखे । एक महिनापछि पनि यी तीनजना नै राम्रो अवस्थामा देखेर आफू चकित भएको जस्टिनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप