शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अध्ययनले भन्छ : नेपालमा आएको अक्सफोर्डको भ्याक्सिन सुरक्षित

शनिबार, ०१ फागुन २०७७, ०८ : ४५
शनिबार, ०१ फागुन २०७७

 कोरोना भाइरस संक्रमण विरुद्ध नेपाल लगायत  विश्वका अनेकौं देशमा अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन प्रयोग भइरहेको छ । यस भ्याक्सिनको परिणाम  निकै सकारात्मक भएको रिपोर्ट  भ्याक्सिन लगाएका विभिन्न देशबाट प्राप्त भइरहेका छन् ।

 इङ्गल्याण्डको  स्वास्थ्य विभागका सचिव म्याट हान्कोकले कही दिन अघि भ्याक्सिनका  उत्कृष्ट नतिजा प्राप्त हुँदै आएको बताएका  थिए  । ‘यो अहिलेसम्मकै उत्कृष्ट परिणाम मूलक भ्याक्सिन हो'  म्याटले यस सम्बन्धी पछिल्लो अध्ययनको रिपोर्ट आए पछि भनेका थिए ।  इङ्गल्याण्डले पहिलो चरणमा झण्डै १० लाख   नागरिकलाई यो भ्याक्सिन लाएको थियो ।

पहिलो चरणको खोप अभियान सुरु गर्दा भ्याक्सिन को प्रारम्भिक  नतिजा र प्रभावकारिताको विश्लेषण गरिएको थिएन । पहिलो चरणको भ्याक्सिनेसन पछि गरिएको  अध्ययन तथा अनुसन्धानको रिपोर्टअनुसार  भ्याक्सिनको काम अति नै सन्तोषजनक रहेको म्याटले बताए । ‘अहिलेको परिणाम हेर्दा यसले पर्याप्त अनुकूल  प्रभाव पार्न सक्छ,’ बीबीसीसंगको कुराकानीमा उनले भने ।

 म्याटले बिबिसीको ब्रेकफास्ट कार्यक्रममा भने - ‘यस महामारीबाट मुक्ति पाउन हामी सबैलाई   यो भ्याक्सिनले सहयोग गर्छ ।’

केही दिनअघि  युनिभर्सिटीलेनै भ्याक्सिन निर्माण गर्ने कम्पनीमा पुगेर निरीक्षण  गरेको थियो । त्यहाँ अक्सफोर्डका अनुसन्धानकर्ताले भ्याक्सिन बनाउन अपनाएको प्रविधि माथि सूक्ष्म निरीक्षण गरेको पनि म्याटले  बताए ।

भ्याक्सिन लगाएका व्यक्तिमा सामान्य स्वास्थ्य समस्या आउँदा उनीहरूको स्बाब तत्कालै लिने गरेको र भ्याक्सिनले शरीरमा के प्रतिक्रिया  भएको बारे पनि अनुसन्धान भइरहेको  छ । प्रत्येक साता भ्याक्सिन लिएका केही व्यक्तिको स्बाब संकलन गरेका थियौँ, उनीहरूको स्वास्थ्यमा केही खराबी आउँदा थप अनुसन्धान अगाडि बढायौँ । अहिले यस कम्पनीको भ्याक्सिनको प्रभावकारिता ९६ प्रतिशत रहेको छ ।  व्यक्तिले भ्याक्सिन लिएपछि तीन महिनासम्म कोभिड–१९ संक्रमणबाट सुरक्षित रहने दाबी पनि म्याटले गरे ।

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन लिएका व्यक्तिले तीन महिनाको अवधिसम्म  अन्य कुनै पनि औषधि लिनु नपर्ने पनि उनको भनाइ छ ।  भ्याक्सिनमाथि अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूले ४ देखि १२ सातासम्म भ्याक्सिनको पहिलो डोजले नै काम गरिरहने जानकारी दिएका छन् । दोस्रोपटकको खोप लगाउँदा भ्याक्सिनको प्रभावकारिता  ८२ प्रतिशत रहेको छ । ‘अध्ययनअनुसार दोस्रो खोपको प्रभाव ८२ प्रतिशत देखिन्छ,’ म्याटले भने ।

कोरोना भाइरसविरुद्धको पहिलो चरणको भ्याक्सिनेसन अभियान विश्वभरी नै जारी छ । पहिलो डोज वितरीत गरेका कतिपय राष्ट्रले दोस्रो डोजको खोप वितरणको तयारी गरिरहेका छन् । तर, बेलायतको मेडिकल एसोसिएसनले भने तत्काल नै दोस्रो डोज खोप प्रयोगमा ल्याउन नहुने भनेको छ ।

एसोसिएसनका प्रोफेसर तथा अक्सफोर्ड भ्याक्सिनका विज्ञ एन्ड्रयु पोलार्डले सबैतिरको नतिजा आएपछि मात्र दोस्रो डोज खोप दिने  सुझाव  दिएका छन् । आफूहरूले गरेको अध्ययनले यस्तो निष्कर्षमा पुगेको उनले बताएका छन् । ‘२२ दिनसम्म भ्याक्सिन लगाएका व्यक्तिको अवस्था हेर्नुपर्छ, पहिलो डोजले राम्रोसँग काम गरेपछि मात्र अर्को डोजका लागि योग्य मानिन्छ,’ पोलार्डले भने ।

अनुसन्धानकर्ताहरूले भ्याक्सिन सम्बन्धमा अझै पनि अध्ययन गर्न बाँकी रहेको बताउँदै आएका छन् । निश्चय पनि भ्याक्सिन नयाँ भएकोले यस सम्बन्धमा  धेरै कुरा थाहा हुन अझै  बाँकी नै छन।

नेपालमा पनि अक्सफोर्ड कै भारत निर्मित कोभिशिल्ड भ्याक्सिन  प्रयोग भइरहेको छ। भ्याक्सिन लिएका मध्ये केही व्यक्तिमा सामान्य प्रतिक्रिया हुनु स्वाभविक नै हो । भ्याक्सिन लिएका केही व्यक्तिले सामान्य प्रतिक्रिया हुँदा आफूखुशी कुनै पनि किसिमको औषधि प्रयोग गर्नु उचित होइन।  डाक्टरसंग परामर्श नगरी कुनै पनि औषधि लिनु हुन्न।  यसले झन कम्प्लीकेसन हुने संभावना रहन्छ। मेरा एक जना सहकर्मी मित्रलाई भ्याक्सिन लिएको २-३ घण्टामै ज्वरो आयो। मैले उनलाई कुनै पनि औषधि सेवन नगरी घरमा गई आराम गर्ने सलाह दिए। साथै तातोपानी, काँढा र चिया खाने परामर्श दिए। अर्को दिन उनले फोन गरी आफू स्वस्थ भएको जानकारी दिए।

सन्दर्भ सामाग्री - बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप