३७ वर्षदेखि मानिसको साथी बनेको जंगली हाँसको कथा
टर्कीका एक अवकाशप्राप्त हुलाकी र सेता हाँसबीचको मित्रताको कथा झन्डै ४ दशकदेखि प्रसिद्ध छ र उनीहरुको मित्रताले दशौं लाखको मनलाई पगालेको छ ।
१९८४ मा जब रेसेप मिर्जानले घाइते हाँसलाई इर्डिने प्रान्तमा भेटेका थिए, त्यतिबेला यही हाँस आफ्नो सबैभन्दा नजिकको साथी बन्नेछ भन्ने उनलाई हेक्का थिएन ।
साथीहरुको समूहमा कारमा हिडिँरहेका बेला खाली मैदानमा पखेंटा भाँचिएको हाँसमा रेसेपको नजर गयो । रेसेपलाई लाग्यो कि यस हाँसलाई यत्तिकै छाड्नु भनेको अन्य जनावरको आराहा बन्न दिनुु हो । त्यसैले उनले कार रोके र हाँसलाई आफूसँगै राखे । त्यसपछि घर लगेर यस हाँसको उपचार गरे ।
‘मलाई लाग्यो कि फ्याउरोको आहारा बन्न दिनुुभन्दा यसलाई मैले घर लग्नु ठिक हुन्छ । घर ल्याएपछि हामी एकअर्कासँग परिचित भयौं र कहिल्यै अलग भएनौं,’ एशोसियट प्रेससँगको कुराकानीमा रेसेपले भने ।
रेसेपका अनुसार यो पोथी हाँसले आफ्नो भाँच्चिएको पखेंका ठिक भएपछि पनि उडेर जान मन गरेन । बरु, रेसेपको फार्ममै रहेका अन्य जनावरहरुसँग घुुलमिल भएर यही बस्न थाल्यो । ग्रिससँग सीमा जोडिएको कारागाक क्षेत्रमा रेसेपको फार्म छ, जहाँ उनले अन्य जनावर पनि पालेका छन् । यो हाँस यही फार्म वरपर डुल्दछ र रेसेपले यसलाई गारिप नाम दिएका छन् ।
‘मैले बोलाउने बित्तिकै आउँछ । कहिल्यै मलाई छाडेको छैन, बाढी आउँदा पनि छाड्नि,’ रेसेपले भने, ‘हाँस बलियो थियो, तर अहिले वृद्ध भइसकेको छ । मलाई आशा छ अझै लामो समय हामी एकअर्काको साथ हुनेछौं ।’
रेसेपले गारिपका लागि अलग खोर बनाइदिएका छन्, तर गारिप रातमा मात्रै यहाँ बस्छ । दिउँसो भने अन्य मानिसहरु भए ठाउँ पुुग्छ र उनीहरुसँग घुलमिल हुन्छ।
केही वर्ष पहिले श्रीमतीको निधन भएयता रेसेपले धेरैभन्दा धेरै समय फार्ममा जनावरहरुसँग बिताउँछन् । उनका छोराछोरी छैनन् । त्यसैले गारिपलाई रेसेप आफ्नो सन्तान भन्छन् ।
संरक्षित वातावरण पाएमा १ दशकसम्म हुपर हाँस बाँच्नसक्छ । तर गारिपले आफ्नो प्रजातीका अन्य जनावरहरुको औसत आयुुभन्दा धेरै आयुु बिताइसकेको छ । यो कथाले हामीलाई त्यस पेन्गुुइनको संझना गराएको छ, जसको ज्यान एक मानिसले बचाएका थिए । त्यसपछि उक्त पेन्गुुईन सधैं ती मानिसलाई भेट्न आइरहन्थ्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा
-
‘निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्’
-
पाल्पामा युवतीको हत्या, एक युवक पक्राउ