शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा गुल्मीका एक व्यक्तिको हत्या

शनिबार, ०१ फागुन २०७७, १७ : ४०
शनिबार, ०१ फागुन २०७७

गुल्मीबाट भारतको हरियाणमा रोजगारी गर्न पुगेका एक व्यक्तिको हत्या भएको भएको छ । फेब्रुअरी ९ मा मुसिकोट नगरपालिका वडा नम्वर ३ पेंगा खिल्ली निवासी अन्दाजी ४० वर्षीय रामबहादुर कुँवरको हरियाण राज्यको हिसार स्थित चिकेन हण्ड रेष्टुरेन्टमा हत्या भएको हो । 

मुसिकोट नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्णध्वज जिसीले उनको हत्या भएको तर विस्तृत कुरा बुझ्न बाँकी रहेको बताए । अर्का स्थानीयवासी भुवन जिसीले पनि कुँवरको हत्या भएको खबर प्राप्त भएको बताए ।

जिसीका अनुसार उनको  घरमा १५ बर्षकी एक छोरी छन् । यस्तै मृतकका एक छोरा भारतमै रहेका छन । उनी दुई वर्ष अघि देखि भारत मै रोजगारीमा रहेका थिए । कुँवरलाईसँगै काम गर्ने साथीले हत्या गरेर फरार भएको भारतमा रहेको बताइएको छ । 

  कुँवरको शवको पोष्टमार्टम गराइ उनका छोरा बिक्रम कुँवरलाई बुझाएर दाहसंस्कार गराइ सकिएको जनाईएको छ ।  घटनाको अनुसन्धान गरि हत्या अभियुक्तलाई कारबाही गर्न अखिल भारत एकता समाज, प्रवासी नेपाली संघ भारत, जनसम्पर्क समिति लगायका संघ संस्थाहरुले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप