बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती प्रतिष्ठानमा अक्सिजन प्लान्टका लागि साढे २ करोड बजेट

शनिबार, ०१ फागुन २०७७, २० : ११
शनिबार, ०१ फागुन २०७७

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट सहयोग गरेको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावतद्वारा प्रतिष्ठान अवलोकनपछि आयोजित कार्यक्रममा कामु रजिस्ट्रार झङ्कार लामिछानेले अक्सिजन प्लान्टका लागि सरकारले प्रतिष्ठानलाई २ करोड ५० लाख सरकारले सहयोग गरेको  जानकारी दिए ।

बजेट आएकाले अब प्लान्ट निर्माणका लागि सबै प्रकृया पूरा गरेर काम अघि बढ्ने प्रतिष्ठानको भनाइ छ । अक्सिजन प्लान्ट निर्माण भइ सञ्चालन आएमा आइसियुको सेवालाई प्रभाबकारी बनाउँदै सेवा विस्तार हुनेछ । साथै अक्सिजन प्लान्ट निर्माण भएमा प्रतिष्ठानले राप्ती अञ्चल र आसपासका ठाउँमा अक्सिजन सप्लाइ गर्न सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप