बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भिभोको नयाँ स्मार्टफोन वाई१२एस नेपालमा, साइट माउन्टेन फिङ्गरप्रिन्ट स्क्यानरसहित यस्ता छन् विशेषताहरु

आइतबार, ०२ फागुन २०७७, १२ : २७
आइतबार, ०२ फागुन २०७७

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड भिभोले आज आफ्नो वाई सिरिजमा नयाँ स्मार्टफोन भिभो वाई१२एस नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ । 

वाई१२एससँगै भिभोले युवाहरुलाई फिचर रिच स्मार्टफोनहरु प्रदान गर्ने आफ्नो लक्ष्यलाई बढावा दिएको छ । वाई१२एसमा निकै शक्तिशाली दिर्घायु ५००० मेगाहर्ज ब्याट्री, साइड–माउन्टेड फिङ्गरप्रिन्ट प्रविधि र एआई डुअल क्यामेरा रहेको छ ।

वाई१२एसले ६.५१ इन्च हलो फुलम्यू डिस्प्लेसहित एचडी रिजोलुसनको साथमा प्रयोगकर्ताहरुलाई मनोरञ्जनको अनुभव सुनिश्चित गर्दछ । उक्त नयाँ भिभो  वाई१२एस युवा उपभोक्ताहरुको जीवनशैलीसँग मिल्नेगरी निर्माण गरिएको कम्पनीको दावी छ ।

भिभो नेपालका सिईओ, मार्स भन्छन्, ‘भिभो वाई सिरिजलाई नेपालको लोकप्रिय स्मार्टफोनहरुको रुपमा स्वागत गरिएको छ । वाई सिरिजका स्मार्टफोनहरु सँधै सक्रिय रहिरहने युवाहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै बनाईएको छ । शक्तिशाली ५००० मेगाहर्ज ब्याट्री रहेको उक्त भिभो वाई१२एसमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट प्रविधि, एआई डुअल क्यामेरा जस्ता फिचरहरु आकर्षक डिजाइनको साथमा रहेको छ ।’

क्यामेरा
नयाँ भिभो वाई१२एसमा रहेको शक्तिशाली एआई डुअल रियर क्यामेराले उत्कृष्ट फोटोग्राफी अनुभव दिलाउँछ । फेस ब्युटी र फिल्टरर्स लगायत विविध फिचरहरुबाट उक्त क्यामेरा समर्थित छ । १३एमपी रियर क्यामेरा र एफ÷२.२ एपार्चरको साथमा हरेक विवरण वाई१२एसको साथ चम्किन्छ ।

भिभो वाई१२एसमा रहेको २एमपी बोकेह क्यामेराले जीवन्त र आँखालाई लोभ्याउने शटहरु प्रदान गर्दछ, भिभोको अपडेट गरिएको बोकेह एल्गोरिदमलाई धन्यवाद । वाई१२एसको साथ, चित्रहरु केबल थप जीवित देखिने मात्रै नभई, अधिक गहिराई पनि प्रदान गर्दछ । आकर्षक सेल्फीहरुका लागी ८एमपी फ्रन्ट क्यामेरा रहेको छ ।

दिर्घायु ब्याट्री
यस मोबाइलमा दिर्घायु ब्याट्री रहेको छ । भिभो वाई१२एस एआई पावर सेभिङ प्रविधिबाट समर्थित शक्तिशाली ५००० मेगाहर्ज ब्याट्री रहेको छ । पुरा चार्जले १६.३ घण्टासम्मको अनलाइन मुभि स्ट्रिमिङ वा ८.९ घण्टासम्मको गेमिङ अनुभव प्रदान गर्दछ । यसमा फाइभभी÷१ए रिभर्स चार्जिङ पनि रहेकोले वाई१२एसबाट मोबाइल पावर बैंक जस्ता अरु उपकरणहरु चार्ज गर्न सकिन्छ ।

आकर्षक इमर्सिभ डिस्प्ले
वाई१२एसमा रहेको ६.५१ इन्च हलो फूलभ्यू डिस्प्लेसहित एचडी रिजोलुसनको साथमा प्रयोगकर्ताहरुले भिडियोहरु हेर्दा वा गेमहरु खेल्दा निकै उत्कृष्ट प्रदर्शनी अनुभव प्रदान गर्दछ । उक्त डिस्प्लेमा विशेष आई प्रोटेक्सन मोड रहेको छ जुन सक्रिय हुँदा हानिकारक निलो बत्तीलाई फिल्टर गरि प्रयोगकर्ताहरुको आँखामा तनाव हुनबाट जोगाउँछ ।

आकर्षक रङहरु
भिभो वाई१२एस दुई शानदार रङहरु फ्याटम ब्ल्याक र ग्लेसियर ब्लुमा उपलब्ध छ । फ्यान्टम ब्ल्याक उच्च फेसनको भावनाबाट प्रेरित छ र रत्न–जस्तो फिनिसिङ रहेको छ । ग्लेसियर ब्लुले सुक्ष्म इन्द्रेणी रङ र हिमनदीको फिक्का निलो सतह जस्तो देखिन्छ ।

अनुभव
एक युवा केन्द्रीत ब्रान्ड रहेको भिभोले युवावर्गको स्मार्टफोनसँगको अनुभव वृद्धि गर्न धेरै सुविधाहरु एकीकृत गरेको छ र अन द गो पुस्ताको लागी अनुकुलित गरेको छ ।

–साइड माउन्टेड फिङ्गर प्रिन्ट स्क्यानर रहेको भिभोको साइड माउन्टेड फिङ्गरप्रिन्ट डिजाइनले फिङ्गरप्रिन्ट स्क्यानरलाई पावर बटनको साथ एकिकृत गर्दछ । जसले गर्दा एकै समयमा डिस्प्ले अन गर्न र फोन अनलक गर्न सकिन्छ । यस डिजाइनले वाई१२एसलाई आकर्षक देखाउने साथै मात्र ०.२३ सेकेन्डमा फोन अनलक गर्ने सहजता प्रदान गर्छ ।

–फेस वेक भिभोको फेस वेक फिचरले तपाईको अनुहार चिन्ने बित्तिकै फोन अनलक गर्दछ । जब साइड–माउन्टेड फिङ्गरप्रिन्टको साथ मिलाइन्छ ।
–मल्टि टर्वो ३.० गेमहरु खेलिरहेको बखतमा मल्टि टर्वो ४.० ले खेललाई कुनै पनि अवरोध र ढिलाई हुन दिँदैन । यसलाई सीपीयू र आन्तरिक भण्डारण स्रोतहरु बाँडफाँड र प्राथमिकता दिनका लागि पनि तयार गरिएको छ र पृष्ठभूमिमा धेरै एपहरु चलिरहेपनि अवरोध हुन कम गर्दछ ।
–पर्याप्त भण्डारण क्षमतासहितको भिभो वाई१२एसमा प्रयोगकर्ताहरुलाई गेम, एपहरु डाउनलोड गर्न, चलाउन र धेरै फाइलहरु फोनमा राख्नको लागी ३जीबी प्लस ३२जीबी र्याम र रोम रहेको छ ।

फिचरहरु

भिभो वाई१२एस स्मार्टफोन फन टच ओएस ११मा सञ्चालित रहेको छ र दैनिक प्रयोगको लागि केही अरु रोमाञ्चक फिचरहरु पनि रहेको छ ।
–एआई एल्बम फिचरले तपाईको तस्बिरहरुलाई समय, स्थान, घटनाको आधारमा व्यवस्थित गर्न सहयोग गर्दछ । अझ बढी क्षण र सम्झनाहरु सिर्जना गर्दै तपाईको कुन फोटोहरु नयाँ र नवीन तरिकाले फिट हुन्छ पत्ता लगाउन मद्दत गर्छ ।

–आई म्यानेजर यस फिचरले भिभो प्रयोगकर्ताहरुलाई दिनहुँको पट्यारलाग्दो कार्यहरुबाट मुक्त गराउँछ । रातको समयमा फोनका समस्याहरु स्क्यान गर्ने र क्लिन–अप गर्ने जस्ता कार्यहरु गर्नका लागी आई म्यानेजर फिचर रहेको छ ।

उपलब्धता 

वाई१२एस नेपालमा १४ फेब्रुअरी २०२१ देखि उपलब्ध हुनेछ, मात्र १७ हजार ९ सय ९९बाट सुरु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप