शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो छ सामसुङको एस २१ सिरिज अल्ट्रा ५जी ?

सामसुङ नेपालका महाप्रवन्धक प्रणयरत्न स्थापितसँगको कर्पोरेट वार्ता
आइतबार, ०२ फागुन २०७७, १३ : २६
आइतबार, ०२ फागुन २०७७

हालै मात्र नेपाली बजारमा सामसुङका टप भेरियन्ट एस सिरिजका मोबाइल फोन भित्रिएका छन् । सन् २०२१ को सुुरुआत जनवरी फस्टमा नै विश्व बजारमा लन्च भएका सामसुङ एस सिरिजका तीन नयाँ मोडलहरू एस२१, एस२१ प्लस र एस२१ अल्ट्रा नेपाली बजारमा समेत भित्रिएका छन् । सामसुङको अहिलेसम्मकै टप भेरियन्ट मानिएको ५जी अल्ट्रा फोनहरू सामसुङ नेपालले भित्र्याएको हो ।

उच्च टेक्नोलोजीमा आधारित भई उत्पादन गरिएका यी फोन नयाँ पुस्ताका लागि भएको कम्पनीले जनाएको छ । त्यसो त मोबाइल फोनमा एस सिरिज सामसुङकै उत्कृष्ट मोबाइल फोन मानिन्छ । यद्यपि नयाँ टप भेरिएन्टका एस२१ सिरिजका फोनहरू कस्ता फोनहरू हुन् त ? यी फोनको विशेषता के हो ? र यो कसका लागि हो ? यसै विषयको सेरोफेरोमा रहेर सामसुङ नेपालका  महाप्रवन्धक प्रणयरत्न स्थापितसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले लिएको यो संक्षिप्त वार्ताः

भर्खरै मात्र विश्व बजारमा सार्वजनिक भएको सामसुङ एस२१ अल्ट्रा ५जी मोबाइल नेपाली बजारमा भित्र्याउनु भएको छ, बजार विस्तार कसरी गर्दै हुनुहुन्छ ?

निश्चय नै । सामसुङको एस२१ सिरिज नेपालमा मात्र नभएर विश्व बजारमा नै बहुप्रतिष्ठित मानिएको मोबाइल फोन हो । एस सिरिज भन्ने वित्तिकै सामसुङको टपअफ द लाइन, लेटेस्ट इनोभेसनसहितको मोबाइल भन्ने हामी बुझ्छौँ । यही सिलसिलामा गएको जनवरीमा मात्र एस२१ को विश्वव्यापीरुपमा सार्वजनिक भएको थियो । त्यस लगत्तै हामीले यो फोनलाई नेपाल भित्र्याउन सफल भयौँ ।

अहिले हामी यसको मार्केटिङमा केन्द्रीत भएका छौँ । त्यसो त हाम्रा ग्राहक वर्गहरूले यो फोनलाई निकै रुचाएको पाएका छौँ । जनवरी ५ मा औपचारिक रूपमा बजारमा सार्वजनिक गरिएको फोनको हामीले त्योभन्दा अघिदेखिनै बुकिङ खुल्ला गरेका थियौँ । उपभोक्ता ग्राहकहरूको राम्रो रेस्पोन्स पाइरहेका छौँ । अहिले एस२१ को सङ्ख्यात्मक रूपमा धेरै फोनहरू बुकिङ भइसकेका छन् भने धेरैले खरिदसमेत गरिसकेका छन् ।

अल्ट्रा ५जी भनिएको छ, वास्तवमा सामसुङ एस२१ कस्तो खालको फोन हो ?

एस सिरिजमा पनि सामसुङ एस२१ अल्ट्रा ५जी टपअफ द लाइन सेल फोन हो । यसमा सामसुङको एकदम लेटेस् टेक्नोलोजी, इन्ट्रमस् अफ क्यामेरा, प्रोसेसर, डिजाइन लगायत हरेक पक्षबाट निकै नै राम्रो एवं सुध्रित मोबाइल फोन हो ।

अघि पनि भनेँ, एस सिरिज भन्नेबित्तिकै इनोभेसनको कुरा आउछ, डिजाइनको कुरा आउँछ, प्रोसिङ, स्क्रिनको कुरा आउँछ, यी सबै कुराले पूर्णतः एड्भान्स डिभाइस नै एस२१ सिरिज हो ।

अब कुरा आउँछ एस२१ मा चाहिँ त्यस्तो के छ त ? यसको विशेषताबारे म एकदम छोटो रूपमा बताउँछु ।

पहिलो कुरा त एस२१ एस सिरिज अन्तर्गतकै पहिलो ५जी अल्ट्रा फोन हो । हालसालै हामीले एस सिरिजकै तीनवटा मोडलहरू सार्वजनिक गरेका छौँ । जसमा एस२१, एस२१ प्लस र एस२१ अल्ट्रा रहेका छन् । जसमा पनि एस२१ अल्ट्रा अझ बढी एड्भान्स मानिन्छ । जुन फोनमा ६.८ इन्च स्क्रिनमा उपलब्ध छ । यसले इन्टेलिजेन्ट, एड्ज टु एड्ज डायनामिक एएमओेएलईडी २एक्स इन्फिनिटी ओ डिस्प्ले, सहज स्क्रोलिङ तथा उत्कृष्ट दृश्यावलोकनका लागि एडप्टिभ १२० हर्ज रिफ्रेस रेट तथा क्वाड एचडी प्लस डिस्प्ले रहेको छ ।

त्यस्तै, उत्कृष्ट एवं जीवन्त क्यामरा एवम् भिडियो अनुभवका लागि सबै नयाँ ग्यालक्सी एस२१ सिरिजमा कम्पनीले क्यामरा हेरिटेजलाई प्रोग्रेड क्यामरा तथा भिडियो आविष्कारको साथ अगाडि बढाएको छ । जसले प्रत्येक सटहरू विशेषरूपमा लिन मद्दत गर्छ । जुन अपग्रेड गरिएको १०८ एमपी प्रोसेरको साथ आउँछ, जसले ६४ गुणा स्पष्ट कलरहरूको साथ १२ विट एचडीआर फोटो तथा ३ गुणा वाइडर डाइनामिक रेन्जमा फोटो खिच्न सक्छ ।

एस२१ अल्ट्रा १००एक्स स्पेस जुुमको साथ पनि आउँछ जुन सामसुङकको पहिलो ड्युअल–टेलिलेन्स सिस्टमद्वारा सञ्चालित डिभाइस हो । यसमा भएको इम्प्रुभ्ड ब्राइट नाइट सेन्सरले प्रयोगकर्तालाई कम लाइटको अवस्थामा पनि उत्कृष्ट एवं उच्च गुणस्तरीय फोटो खिच्न सकिन्छ ।

यसमा सामसुङको आफ्नै अत्याधुनिक प्रोसेसर जिनस २१०० को प्रयोग गरिएको छ । नयाँ ग्यालेक्सी एस२१ सिरिज स्मार्टफोनले प्रयोगकर्तालाई नेक्स्ट जेनेरेसन कार्य क्षमता प्रदान गर्छ । जसले प्रयोगकर्ताहरूलाई सम्पूर्ण ग्यालेक्सी इकोसिस्टममा पहुँच प्रदान गर्छ । यसमा फोनमा अत्याधुनिक चिपसेट तथा  स्पिड इफिसियन्सीको समायोजन गरिएको छ । यसले फाइभजी कनेक्सन तथा अन डिभाइस एआईलाई सपोर्ट गर्दछ । त्यसैले फोटो प्रोसेस, डप भिडियो रेकर्ड तथा गेमिङ म्याराथोन तथा इडिट भिडियो जस्ता कार्यहरू सहजै सम्पादन गर्न सकिन्छ ।

त्यसैगरी, एस२१ अल्ट्रा फोन मा उच्च स्तरीय ५एमएमको नानो चिपसेटको समायोजन गरिएको छ । यसले गर्दा उत्कृष्ट कम्प्युटिङ क्षमता, उच्च स्तरीय इनर्जी इफिसियन्सी तथा उच्च स्तरीय स्पिड प्राप्त गर्न सकिन्छ । एस२१ अल्ट्रा फोनलाई ३० मिनेटमा ५०५ चार्ज सहजै गर्न सकिन्छ ।

सामसुङको नक्स भल्टद्वारा अझै सुरक्षित गरिएको छ । यसमा आफ्नै प्रोप्राइटरी चिपसेट लेभल सेक्युरिटी प्ल्याटफर्म,  टाम्पर रेजिस्टेन्ट सेक्युएर मेमोरी, सामसुङ नक्स भल्टले एस२१लाई अतिरिक्त सुरक्षा समेत प्रदान गरेको छ ।

त्यस्तै ग्यालेक्सी एक२११ अल्ट्रामा उत्कृष्ट प्रविधि जस्तै अल्ट्रा वाइडब्यान्ड तथा नयाँ कनेक्टिभिटी क्यापासिटीको समेत प्रयोग गरिएको छ ।

एस२१ प्रिमियम फोन, त्यसै पनि महँगो छ । बजारको हिसाबले अन्य फोनहरूमा जस्तै व्यापार गर्न सकिनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

निश्चय नै । प्रिमियम भन्ने वित्तिकै राम्रो, उत्कृष्ट भन्ने बुझिन्छ । जुन सामसुङ एस२१ अट्रा ५जी पनि प्रिमियम फोन हो । मूल्यका हिसाबले केहीँ महँगो हुनु स्वाभाविक पनि हो । तर यसका आफ्नै खालका ग्राहक, कस्टमरहरू छन् । जुन उच्च टेक्नोलोजीमा प्रिमियम चाहने उपभोक्ताहरूका लागि हो । ती समूहलाई लक्षित गरेर नै हामीले बजारमा यो फोन भित्र्याएका हौँ ।

यो कोभिड–१९ पछि त झन् प्रिमियम डिभाइस चाहने उपभोक्ताहरूको सङ्ख्या ह्वात्तै बढेको छ । लकडाउनको समयमा एजुकेसनका लागि, अफिसियल भिसी, इमेलका लागि प्रिमियम फोनको माग निकै बढेर गएको छ । त्यस्तै, अहिले गेमिङको कुरा छ, त्यसमा राम्रो प्रोसेसर, स्क्रिनको कुरा छ त्यसका लागि पनि प्रिमियम फोनको माग बढ्दो छ । त्यसैले अहिलेको हाम्रो मार्केटमा केवल फोन मात्र होइन स्मार्ट फोन त्यसमा पनि प्रिमियम फोनको माग बढी छ ।

मूल्यकै कुरा गर्नुपर्दा सामसुङ एस२१ अल्ट्रा ५जीको बजार मूल्य कति राख्नुभएको छ नि ?

विशेषतः एस सिरिजअन्तर्गत हालै मात्र हामीले तीन नयाँ मोडलहरू नेपाली बजारमा सार्वजनिक गरेका हौँ । जसमा ग्यालेक्सी एस२१, एस२१ प्लस र एस२१ अल्ट्रा रहेकोमा एस२१ (८÷२५६ जीबी)को मूल्य १ लाख ९ हजार ९ सय ९९, एस२१ प्लस (८÷२५६जीबी) को मूल्य १ लाख २९ हजार ९ सय ९९ र एस२१ अल्ट्रा (१२÷२२६ जीबी)को मूल्य १ लाख ५४ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।

सामसुङ आफैमा एक विश्व स्तरीय ब्रान्ड, त्यसमा पनि मोबाइल फोनको त्यो लोकप्रियता । नेपाली बजारमा चाहिँ कत्तिको सफल हुनुहुन्छ ?

सामसुङ विश्वकै ‘नम्बार वान’ ब्रान्ड हो । धेरैअघिदेखि हामी नेपाली बजारमा स्थापित छौँ । जुन अघिदेखि नै नेपाली उपभोक्ताहरूको मनमा बस्न सफल नम्बर वान ब्रान्ड हो । सायद त्यसको कारण चाहिँ मोबाइल फोन, मोबाइल डिभाइस भन्नेवित्तिकै हामी प्रविधिको कुरा गर्छौं । जहाँ प्रविधिको कुरा आउँछ त्यहाँ खोज, अनुसन्धानको विषय आउँछ । यहाँलाई थाहै छ, सामसुङ विश्वमा नै सबैभन्दा बढी रिसर्च एन्ड डेभलपमेन्टमा लगानी गर्ने कम्पनीमध्येमा पर्छ । त्यसले गर्दा पनि होला सामसुङका हरेक उत्पादनहरू एड्भान्स र टेक्नोलोजीमा आधारित गुणस्तरीय हुन्छन् । यसलाई उपभोक्ताहरूले मन नपराउने भन्ने त हुँदैहुँदैन । यसले पनि नेपाली बजारमा सामसुङको लोकप्रियता उच्च रहेको छ । त्यसमा पनि हामीले हाम्रा सेवा, डिस्टिब्युटर्स च्यानलहरूलाई सशक्त राखेका छौँ । यसले उपभोक्ताहरू सामसुङप्रति आकर्षित छन् । हामी सन्तुष्ट छौँ ।

बजार सेयरिङका हिसाबले अन्य ब्रान्डहरू त छँदैछन्, त्यसमा पनि दुई नम्बरी बाटोबाट पनि मोबाइल फोन बजारमा भित्रिन्छन् भन्ने सुनिन्छ । यसले तपाईंहरूलाई कत्तिको असहज बनाएको छ ? कत्तिको चुनौती छ ?

अवश्य, बजार सेयरिङका हिसाबले अन्य ब्रान्डहरूसँग प्रतिस्पर्धा हुने, अप एन्ड डाउन हुने भन्ने कुरा त स्वाभाविक नै हो । यसमा हाम्रो कुनै खालको दुखेसो समस्या भन्ने छैन । तर योभन्दा समस्याको विषय भनेको दुई नम्बरी व्यापार नै हो । जसलाई हामी ग्रे इम्पोर्ट भन्छौँ, यसलाई इलिगल्ली आयात पनि भन्न सक्छौँ । जसरी दुई नम्बरी बाटोबाट सामान भित्रिन्छ, यसले हामीलाई मात्र नभएर सरकारलाई समेत समस्या पारेको हुन्छ । यसरी भित्रने सामानबाट सरकारले राजस्व पाउँदैन ।

अहिले जुनकुनै मोबाइल फोन नेपाल भित्रिँदा सरकारले भ्याट र भन्सार गरी साढे १५ प्रतिशत राजस्व उठाउने गर्छ । तर दुई नम्बरी बाटो हुँदै आउने मोबाइल फोनबाट यो राजस्व गुम्छ । यसले सरकारलाई घाटा त हुने नै भयो ।

त्यसपछि यसको प्रभाव हामीजस्तो लिगल्ली (कानुनसम्मत) काम गर्ने व्यवसायीहरूलाई पर्ने भयो । कुनै पनि ट्याक्स, भ्याट, भन्सार नतिरी आएको समानले मार्केटमा सस्तोमा प्रोड्क्ट दिने भयो । यसले त स्वतः बजार बिग्रने भयो ।

योसँगै तेस्रो पक्ष भनेको उपभोक्ताहरूमा पनि पर्ने भयो । जसले दुई नम्बरी बाटोबाट आएका फोन हो भन्ने थाहा नपाई किन्नुहुन्छ, उहाँहरूले त्यसै फस्ने हुनुभयो । किनभने यस्तो सामानमा वारेन्टी, ग्यारेन्टी भन्ने केही हुँदैन । यसको बिक्रीपछिको सेवा सुविधा पनि केहीँ हुँदैन । किनिसकेपछि केहीँ भइहाल्यो भने आफै जिम्मेवार हुनुपर्छ । जसले समस्या नपर्ने कुरै हुँदैन । त्यसैले यस्तो ग्रे इन्पोर्टबाट हुने व्यापार हामी व्यवसायीहरूलाई मात्र नभएर सरकार र स्वयं उपभोक्ताका लागि समेत टाउको दुखाइको विषय हो । यो कार्य पहिलेको तुलनामा केही कम भएको पाइन्छ । तर पूर्ण रूपमा निर्मूल भएको भने छैन । यस्तो आयात रोक्न सरकारले अझ कडा संयन्त्र तथा नीति ल्याउन आवश्यक छ । 

थप भिडियो मार्फत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप