शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमान खानले गरे बिग बस १५ को घोषणा, शो पुनः उद्घोषण गर्न मागे यति मोटो रकम

आइतबार, ०२ फागुन २०७७, १६ : १५
आइतबार, ०२ फागुन २०७७

कलर्स टिभीको रियालिटी शो बिग बस १४ को ग्रान्ड फिनाले अघि नै कार्यक्रमका उद्घोषक सलमान खानले शनिबार भएको विकेन्ड वारमा बिग बस १५ को घोषणा गरिदिए । यद्यपि, यो शोलाई होस्ट गर्नका लागि उनको तर्फबाट एउटा शर्त पनि राखियो । सलमान खान टिभीमा सर्वाधिक कमाई गर्ने बलिउड स्टार हुन् । रिपोर्टका अनुसार बिग बसको पछिद्यदो सिजनमा अर्थात् बिग बस १३ मा उनले प्रतिदिन १३ करोड भारुको हिसाबले पारिश्रमिक दिइन्थ्यो र कोरोना महामारीका कारण सलमान खानको पारिश्रमिकमा कुनै कमी पनि आएन ।

खबरलाई विश्वास गर्ने हो भने बिग बस १४ का लागि सलमानले प्रति दिन २० करोड भारुको हिसाबले पारिश्रमिक लिएका छन् । यति मात्रै होइन कार्यक्रम बढ्दा सलमान खानको पारिश्रमिकमा पनि वृद्धि भयो । हाल उनलाई प्रति एपिसोडको २४ करोड भारु दिइन्छ । यद्यपि,  बिग बसको पत्रकार सम्मेलनमा उनले यसपटक आफ्नो पारिश्रमिक कम भएपनि फरक नपर्ने तर अरुले पूरा पैसा पाउनुपर्ने शर्त राखेको जानकारी दिइएको छ ।

बिग बस १५ का लागि सलमानले मागे यति रकमः

सलमानको पारिश्रमिकबारे च्यानलले वा अभिनेताको तर्फबाट कहिले पनि आधिकारिक घोषणा भएको छैन । यसपटक सलमानले ८ महिनापछि बिग बसको नयाँ सिजन लिएर दर्शकसामू हाजिर हुने बताएका छन् । सलमानका अनुसार अब बिग बसको सुटिङ समाप्त भएपछि आफू शाहरुख खान स्टारर फिल्म पठान र आफ्नो टाइगर थ्रीको सुटिङ पूरा गर्नेछन् ।

त्यसपछि उनले भने, ‘बिग बस आयो भने तपाईं पनि आउनुहुनेछ र म त जसरी पनि आउँछु । तर मेरो १५ प्रतिशत वृद्धि भएमात्रै ।’

अर्थात् बिग बस १४ को फिनालेको अघिल्लो दिन नै उनले निर्माण पक्षसँग यस्तो माग राखेका छन् । पछिल्लो १२ वर्षदेखि सलमान जसरी बिग बसको अनुहार बनेका छन्, त्यसले यो निश्चित हुन्छ कि अर्को सिजन पनि उनैले होस्ट गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप