सभामुख सापकोटाको सचिवालयले गर्यो आरोपको खण्डन
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सुनसरीको वनमन्त्रीको जिम्मेवारीमा रहँदा धरानस्थित सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा हिनामिना गरेको भन्ने समाचारप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका छन् । सभामुख सापकोटाको सचिवाललय आज एक विज्ञप्ति जारी गदै भ्रमपूर्ण समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा जलाधार क्षेत्रका जग्गाको सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था बमोजिम भएको विषयलाई सापकोटासँग जोडेर भ्रमपूर्ण प्रचार गरिएको जनाइएको छ । विज्ञप्तिमा सर्वोच्च अदालतको तत्कालीन फैसला कार्यान्वयन गर्नुपर्ने वाध्यात्मक संवैधानिक व्यवस्था (संविधानको धारा १२६) र तत्कालीन वन तथा भूसंरक्षण सचिवले उठाउनुभएको टिप्पणीअनुसार अगाडि बढाइएको समेत दाबी गरिएको छ ।
साथै विज्ञप्तिमार्फत विषयवस्तुलाई स्पष्ट पार्नका लागि ४ वटा बुँदामार्फत तथ्यहरु प्रस्तुत गरिएको छ ।
केही दिनअघि बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारिएको प्रमाण बाहिर ल्याउने अधिवत्तला युवराज कोइरालाले तत्कालीन वनमन्त्री सापकोटाले धरानको सर्दु जलाधार क्षेत्रको ३ सय ४८ विघा सरकारी जग्गा व्यक्तिको नाममा गराइएको आरोप लगाएका थिए । सो समाचार बाहिरिएपछि सभामुख सापकोटाको सचिवालयले खण्डन गरेको हो ।
विज्ञप्ति तल हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान