बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबमा लकडाउनको अवधि थप

आइतबार, ०२ फागुन २०७७, २३ : ५५
आइतबार, ०२ फागुन २०७७

एजेन्सी । साउदी अरबमा लागू गरिएको लकडाउन (प्रतिबन्धात्मक अवस्थाहरुको अवधि) अझै केही दिन लागू हुने भएका छन् ।  कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएका प्रतिवन्धात्मक व्यवस्थाहरू थप २० दिन लागू हुने भएका हुन् ।

सरकारले आइतबार प्रतिवन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको घोषणा गरेको समाचारमा जनाइएको छ ।  साउदी अरबमा भीडभाड गर्न, धेरै जना सहभागी भएर मनोरञ्जनात्मक कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाइएको छ भने चलचित्र प्रदर्शन गर्न, होटल तथा रेस्टुरेन्ट, क्याफेहरू सञ्चाल नगर्न पनि रोक लगाइएको छ । 

आन्तरिक मामिला मन्त्रालयले कोरोनाभाइरसको महामारीको खतरा अझै नटरेकाले प्रतिबन्धात्मक व्यवस्थाहरूलाई निरन्तरता दिनुपरेको स्पष्ट पारेको छ ।  नयाँ व्यवस्था स्थानीय समयअनुसार आइतबार राति १० बजेदेखि लागू हुनेछ । कोरोनाभाइरसको सङ्क्रमण न्यूनीकरण गर्न २० देशबाट साउदी अरब आउन पनि प्रतिबन्ध लगाइएको छ । तर साउदी अरबकै नागरिक, कूटनीतिज्ञहरू, स्वास्थ्यकर्मीहरू र उनीहरूका परिवारलाई भने कडा मापदण्ड पालना गरेर साउदी अरब प्रवेश पाउने व्यवस्था गरिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप