कानुनी राज्यमा रमिते प्रहरी !
सुर्खेत । पश्चिम दैलेखमा पर्ने ठाटीकाँध गाउँपालिकाको एक भिडियो अहिले भाइरल जस्तै बनेको छ । उक्त, भिडियोमा दुई जना पुरुष र एक महिलालाई जुत्ता, चप्पलको माला र कालो मोसो लगाई डोरीले बाँधिएको छ । उनीहरुबीच अवैध सम्बन्ध रहेको भन्दै स्थानीयले यसो गरेका हुन् ।
जुत्ता, चप्पलको माला र कालो मोसो लगाइ डोरीले बाँधिएको अबस्थामा रहेका ती युवा र युवतीसँगै प्रहरी पनि छन् । स्थानीयले ती युवा युवतीमाथी कानुनविपरित अमानवीय दण्ड दिएका छन् भने प्रहरी रमिते बनेको छ । यो घटना ठाटीकाँध गाउँपालिका वडा नम्बर २ मा भएको हो ।
समाजमा भएका अपराधिक गतिविधि गर्ने जोकोहीलाई कानुनबमोजिम कारबाही गर्ने प्रहरीले कानुनमा कहीकतै उल्लेख नभएको सामाजिक दण्ड नागरिकले दिँदा प्रहरी रमिते बनेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको भनाई छ ।
‘प्रहरीले जोकोही अपराधीलाई मानवीय संवेदनशीलतालाई ख्याल गर्दै नियन्त्रणमा लिएर कानुनबमोजिम दण्ड दिने हो,’ सुवेदीले भन्छन्, ‘समाजले कानुनविपरित दण्ड सजाय दिन खोज्दा प्रहरीले त्यसलाई रोक्नु पर्छ । उनीहरुको संरक्षण गरी कानुनबमोजिम दण्ड दिनुपर्छ । तर, प्रहरी रमिते बन्न मिल्दैन ।’ सुवेदीले प्रहरीले गरेको उक्त, कार्य मानवअधिकार उल्लंघन भएको बताए ।
यता, जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीयले ती युवा युवतीलाई बन्द कोठामा राखेको अवस्थामा प्रहरीले ‘रेस्क्यू’ गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले उनिहरुको शान्ति सुरक्षा ख्याल गर्दै ईलाका प्रहरी कार्यालय दुल्लुमा ल्याइ पु¥याएको बताएका छन् । साथै, श्रेष्ठले उनीहरुलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान भैरहेको जानकारी दिए ।
यस्तो अमानविध कार्यको भिडीयो यउटा युटुव च्यानलमा जस्ताको त्यस्तै राखिएको छ । एउटा सानो विषयलाई ‘फलोअर्स’ र ‘भ्युज’को लोभमा मानिसहरुको भावनासँग खेलिरहेको मानवअधिकारकर्मीहरुले गुनासो छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण