दक्षिण कोरियामा पनि घटेन कोभिडका सङ्क्रमितको संख्या
एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् । प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा कोरोना भेटिएको बताइएको समाचारमा जनाइएको छ । गएको २४ घन्टामा देखिएको यो संख्या केही दिनयताकै धेरै रहेको बताइएको छ ।
योसँगै यहाँका सङ्क्रमितहरुको संख्या ८३ हजार ८६९ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा एक सयजना जति सङ्क्रमित थपिएका पनि बताइएको छ । उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । दक्षिण कोरियामा अहिले नयाँ वर्ष मनाइएको छ । यही नयाँ वर्षको क्रममा दक्षिण कोरियाका धेरै व्यक्तिमा सङ्क्रमण भएको देखिएको छ ।
पछिल्लो २४ घन्टामा यहाँ पाँच व्यक्तिको मृत्यु भएको बताइएको छ । यो मृत्युपछि यहाँ कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ५२७ जना पुगेको बताइएको छ । शुरुमा यहाँका सङ्क्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको थियो । तर पछिल्ला महिनाहरुमा भने यहाँ स्वदेशमा पनि आन्तरिक रुपमा भाइरसका सङ्क्रमितहरु बढेका बताइएको छ ।
यहाँ निकै थोरै संख्यामा मात्र सङ्क्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको पनि बताइएको थियो । तर प्राप्त समाचार अनुसार दक्षिण कोरियामा पछिल्ला केही महिनायता भने संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको हो । दक्षिण कोरियाको सरकारका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका नागरिकको भाइरसका कारण संक्रमितहरु मध्ये १.८२ प्रतिशतको ज्यान गएको बताएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी कार्यव्यवस्था परामर्श समितिकाे बैठक सुरु
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा धर्ना सुरु (तस्बिरहरु)
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
नेपालमा सांस्कृतिक कूटनीति : जनसम्पर्क बढाउन महोत्सव र मेला
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच