शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अल्का अस्पताल आजदेखि १५ वर्षमा

सोमबार, ०३ फागुन २०७७, १३ : ४३
सोमबार, ०३ फागुन २०७७

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल सोमबारदेखि १५ वर्षमा प्रवेश गरेको छ । एक सय शथ्याको अस्पताल २०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल संचालनमा आएको थियो । ‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल संचालनमा ल्याएका थिए । 

‘मलाई हिजो जस्तो लाग्छ अस्पताल संचालनमा ल्याएको १४ वर्ष वितिसकेछ, अस्पतालका संचालक तथा अध्यक्ष कुमार थापाले भने,’ ‘यहाँसम्म आइपुग्न हामीलाई सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुको ठूलो योगदान छ ।’
अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले सेवाग्र्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पताल सवल र सक्षम रहेको बताए । 

अस्पतालका सिओओ दिपेन्द्र पोखरेलले विरामीहरुको उपचारमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाए ।

कोरोना महामारीका बेला अल्का अस्पतालले अग्रपंक्तिमा खटेर विरामीहरुको सेवामा जुटेको थियो । अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँनयाँ प्रविधिहरु भित्र्याएर विरामीहरुलाई सेवा दिँदै आइरहेको छ ।  

अल्का अस्पतालमा सुविधा सम्पन्न एनआईसीयु कक्ष रहेको छ । यसका साथै टेष्ट ट्यूव बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पूर्ण परीक्षण पनि अस्पतालमा हँुदै आएको छ । 

नशा सम्बन्धि, बाथ रोग सम्बन्धि, यौन तथा छालारोग सम्बन्धि, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आँखा, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट, कलेजोरोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले विरामीहरुलाई सेवा दिइरहेको छ । 

१५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यसवर्ष पनि विगतका वर्षहरु झै रक्तदानको कार्यक्रम आयोजना गरेको छ भने असहायहरुलाई खाद्यान्न वितरण गरेको छ । वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले निःशुल्क बाथरोग सम्बन्धि शिविर पनि आयोजना गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप