शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्यूटी क्विनमाथि लाग्यो खतरनाक ग्याङ्गमा संलग्न भएको आरोप, हुनसक्छ ५० वर्षको सजाय

मङ्गलबार, ०४ फागुन २०७७, १३ : ३०
मङ्गलबार, ०४ फागुन २०७७

मेक्सिकोकी एक ब्यूटी क्विनलाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षकी यी युवतीमाथि खतरनाक आपराधिक समूहमा समावेश भएको आरोप लागेको छ । मेक्सीको प्रहरीले यो मामिलामा आठजनालाई पक्राउ गरेको छ जसमा लरा माजिका रोमेरोको नाम पनि समावेश छ । रिपोर्टका अनुसार यदि उनीमाथि लागेको आरोप प्रमाणित भए उनीहरुलाई ५० वर्षको सजाय हुनसक्छ ।

रिपोर्टका अनुसार २५ वर्षकी रोमेरो एउटा यस्तो आपराधिक संगठनसँग सम्बन्धित छिन् जसले ओएक्साका र वेराक्रुजजस्तो शहरमा अपरहणका लागि जिम्मेवार छन् । वेराक्रुजको स्टेट एटोर्नीले उनीहरुलाई ११ फेब्रुअरीमा शहरको एउटा घरबाट पक्राउ गरिएको पुष्टि गरे ।

यो घटनामा सबै आठ आरोपीलाई अबको दुई महिनाका लागि हिरासतमा राखिने जानकारीमा उल्लेख छ । प्रहरीले यो मामिलाको अनुसन्धान गरिरहेको छ । बिजनेस ग्राजुएट रोमेरो अंग्रेजीमा पोख्त छिन् र उनी स्तन क्यान्सर र ब्लड क्यान्सरजस्तो रोगविरुद्ध जागरुकता फैलाउनका लागि परिचित छिन् ।

रोमेरोले सन् २०१५ मा मिस अर्थ ओएक्साको ताज पनि जितेकी थिइन् । उनी अघिल्लो वर्ष इन्टरनेशनल क्विन अफ कफीमा रनरअप पनि भएकी थिइन् । यसबाहेक उनले सन् २०१९ मा मिस मेक्सिको प्रतिस्पर्धामा पनि भाग लिएकी थिइन् र उनी यो प्रतियोगितामा थर्ड रनरअप भएकी थिइन् । रोमेरो धेरैजसो आफ्नो बयानका कारण पनि चर्चामा रहन्छिन् । उनले महिलाको समर्थनमा थुप्रै पटक बयान पनि दिइसकेकी छिन् ।

उनले आफ्नो एक अन्तरवार्तामा आफूसँग सुन्दर अनुहारमात्रै नभई आफू आकर्षक हुनुका साथै आफ्नो व्यक्तित्वका विभिन्न पाटो भएको बताएकी थिइन् । जनवरी २०१९ मा रोमेरोले महिलाविरुद्ध हिंसा समाप्त गर्न आवश्यक भएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘हामी शान्तिसँग बस्न सक्दैनौं । हामीले महिलाविरुद्ध हिंसालाई थुप्रै अभियान र शिक्षाको सहारामा समाप्त गर्नुपर्छ । पुरुषले पनि यो बुझ्नुपर्छ कि महिलाविरुद्धको हिंसा एउटा संवेदनशील मुद्दा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप