महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा मनोरञ्जन रमण शर्मा, बीमा समितिमा सपथ ग्रहण
मंगलबार, ०४ फागुन २०७७, १७ : ३७

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित संचालकहरुको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ ।
फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो ।
साधारण सभा सम्पन्नपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा मनोनयन गरेको हो ।
अध्यक्ष मनोनयन पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नवनियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्मालाई बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आजै बीमा समितिमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु
-
मधेस प्रदेश : अर्थ मन्त्रालयको असहयोगका कारण अवैध रकमान्तर छानबिनमा ढिलाइ
-
एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का
-
राष्ट्रभाषा ऐन सम्बन्धी प्रदेश सांसदसँग छलफल
-
मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति
-
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन