बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विध ल्याबले पायो ‘ए’ ग्रेडको अनुमति, २५ सय प्रकारका विभिन्न परीक्षण हुने

बुधबार, ०५ फागुन २०७७, १९ : ३३
बुधबार, ०५ फागुन २०७७

काठमाडौं । ललितपुरको कुपण्डोलमा रहेको विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार ल्याबलाई ‘ए’ ग्रेड प्रयोगशालाको अनुमति दिएको हो ।

जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा संचालन मापदण्ड निर्देशिका ०७३ अनुसार मापदण्ड पूरा गरेको पाइएकोले ए क्याटेगोरी प्रयोगशाला संचालन दिइएको जनाएको छ । जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले एक पत्रमार्फत ०७८ असार मसान्तसम्मका लागि अनुमति जारी गरिएको बताएकी छिन् ।

उक्त अनुमति पाएपछि ल्याबले अझै सर्वसुलभ मुल्यमा गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ । ल्याबका संचालक विके भण्डारीका अनुसार अहिले करिब २५ सय प्रकारका टेस्टहरु ल्याबमा गरिने भएको छ । कोभिड–१९ ९कोरोना महामारी० पछि संचालनमा आएको यस ल्याबले देशभरिका ल्याबमध्ये सबैभन्दा बढी आर टि पिसिआर परीक्षण गरेको भण्डारीले जानकारी दिए ।

त्यस्तै ल्याबमा जेनेटिक तथा मोलिकुलर सम्बन्धी सम्पूर्ण टेस्टहरु हुने जनाइएको छ । संचालक भण्डारीले हाल चलनचल्तिको मूल्यभन्दा कम मुल्यमा परीक्षण गर्ने तयारीमा आफूहरु रहेको बताए ।

छोटो समयमा निकै चर्चा बटुलेको यस ल्याबले पोखरामा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ । हालसम्म गुणस्तरमा कुनै समस्या नआएको ल्याबले दाबी गरेको छ ।

त्यस्तै, ल्याबमा आजसम्म कोभिड परीक्षण गरेका सेवाग्राहीलाई अन्य परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै, एक महिनासम्म टेस्ट गर्न आउने समपूर्णलाई १५ प्रतिशत छुटको व्यवस्था भएको पनि ल्याबले जजाएको छ ।

ल्याबमा कोरोना भाइरस विरुद्धको एन्टिबडी परीक्षण पनि भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप