शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अवहेलना मुद्दामा लिखित जबाफ बोकेर प्रधानमन्त्री सर्वोच्च जाँदै

बिहीबार, ०६ फागुन २०७७, ११ : ०८
बिहीबार, ०६ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् ।  अदालतको अवहेलना मुद्दामा अदालतको आदेशअनुसार उनी आफै लिखित जबाफ बोकेर सर्वोच्च जान लागेका हुन् । 

माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । 

प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दायर गरेका थिए ।
ओलीले उक्त मुद्दामा म्याद  भने गत आइतबार नै बुझेका थिए । उनले सर्वोच्चमा बहस गर्ने वरिष्ठ वकिललाई ‘बाजे वकिल’ भन्दै अभिव्यक्ति दिएका थिए । 

अदालतको अवहेलनानै गरेको अभियोग नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल र ४ जना पूर्वप्रधानन्यायाधीशमाथि पनि छन् । चार पूर्वप्रधानन्यायाधीशले यसअघि नै लिखित जबाफ बुझाइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप