शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा ९ गतेदेखि

बिहीबार, ०६ फागुन २०७७, १२ : ५९
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं— नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ । काउन्सिलले फागुन ९, १० र ११ गते हुने एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा सञ्चानल गर्ने  जनाएको छ ।

इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म परीक्षा सञ्चालन हुने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । 
एमबीबीएस तर्फको परीक्षा फागुन ९ गतेदेखि १० गतेसम्म हुने छ भने बीडीएसको परीक्षाा फागुन ११ गते हुने छ । दर्ता प्रमाणपत्र परीक्षामा १ हजार ७४ जना एमबीबीएस  र २ सय १० जना बीडीएसका परीक्षार्थी सहभागी हुने छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप