शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पोखरेलले भने- ‘घोराही र तुलसीपुरलाई गाभेर महानगरपालिका बनाउने गृहकार्य गर्दैछौं’

बिहीबार, ०६ फागुन २०७७, १४ : १९
बिहीबार, ०६ फागुन २०७७

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङका दुईवटा उपमहानगरपालिकालाई मिलाएर महानगरपालिका बनाउने गृहकार्य सुरु भइसकेको बताएका छन् । घोराहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले घोराही र तुलसीपुर उपमहानगरलाई गाभेर महानगरपालिका बनाउने गरि सबै तयारी सुरु गरिएको बताएका हुन् ।

लुम्बिनी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री पोखरेलले यसअघि नै प्रदेशमा दाङ, बुटवल र नेपालगञ्ज गरेर तीनवटा उपमहानगर बनाउने नीति तथा कार्यक्रममा घोषणा गरेका थिए । ‘विकासको प्रकृयालाइ अघि बढाउन दाङको घोराही, तुलसीपुरलाई मिलाएर हामीले महानगर बनाउने गृहकार्य सुरु गरिसकेका छौं, यसलाई प्रकृयागत रुपमै टुङ्ग्याउछौं’ घोराहीका मेयर नरुलाल चौधरी र तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई छेउमा राखेर पोखरेलले भने ।  

दाङको घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकालाई मिलाएर महानगरपालिका बनाउने कुरा केही महिनादेखि चर्चामा आएको थियो ।  महानगर बनाउने क्रममा घोराही र तुलसीपुरका मेयरले सकारात्मक प्रतिकृया दिँदै मुख्यमन्त्रीले ल्याएको योजनालाई सघाउने तयारी गरेका छन् । मुख्यमन्त्री पोखरेल पनि महानगरपालिका बनाउने सवालमा उत्साहित भएर लागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप