शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ऐश्वर्या रायको ४७ वर्षको उमेरमा पनि कालो र घना छन् कपाल, घरमा बनाएर लगाउँछिन् यस्ता पेस्ट

बिहीबार, ०६ फागुन २०७७, १५ : ५३
बिहीबार, ०६ फागुन २०७७

ऐश्वर्या राय बच्चन केही वर्षमै ५० औं वसन्तमा टेक्नेछिन् तर अहिले पनि उनको सुन्दरता यस्तो छ जसमा धेरै मानिसहरु मग्न हुन्छन् । उनको सुन्दरतामा उनको कपालले पनि सुनमा सुगन्ध थप्ने काम गरेको छ । नायिकाहरुले विभिन्न प्रकारको केमिकल प्रयोग गर्ने भएकोले कपाल झर्ने, रुखो हुने, हाँगा फाट्नेलगायतका समस्या देखिने गर्छ भने यता ऐश्वर्याको कपाल कालो, बाक्लो छ ।

घरमा बनाउँछिन् मास्कः

यसका लागि यी नायिका हरेक पटक सैलुनमा गएर हज्जारैं रकम खर्च गर्दिनन्, उनी घरमा नै साधारण मास्क बनाएर नियमित रुपमा लगाउने गर्छिन् । यसै मास्कका कारण ऐश्वर्याको कपाल केमिकल बेस्ड स्टाइलिङ मटिरियल, स्ट्रेटनर, कर्लर, ड्रायरलगायतले हानी हुनबाट जोगिएको छ ।

अन्तरवार्तामा बताएकी थिइन् राजः

ऐश्वर्याले अन्तरवार्तामा आफ्नो हेयर केयर टिप्स सेयर गरेकी थिइन् । उनले आफूले हप्तामा एकपटक नरिवलको तेल तताएर कपालमा मसाज गर्ने गरेको बताएकी थिइन् । यसका साथै उनले नरिवलको तेल, जैतुनको तेल, अण्डा, अमला पाउडर मिसाएर मास्क तयार गरेर कपालमा लगाउने गरेको बताएकी थिइन् । यसले उनको कपाललाई चम्किलो, स्वस्थ बनाउने काम गर्छ ।

यी मास्क पनि प्रयोग गर्छिन्ः

एक म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले आफूले कहिलेकाँही कपालमा एभोकाडो र मायोको पेस्ट पनि लगाउने गरेको बताइन् । यी दुबै बाक्लो र चिल्लो हुने भएकोले उनको कपाल नरम र मुलायम हुन्छ । यसका साथै नायिकाले दुधमा मह मिसाएर पनि कपालमा लगाउने गर्छिन् । यी दुबै कुराले कपाललाई चम्किलो बनाउन मद्दत गर्छ ।

डाइटलाई ध्यानमा राख्ने र तनावबाट टाढै रहनेः

ऐश्वर्या राय आफ्नो खानालाई पनि विशेष ध्यान दिने गर्छिन् । उनी बाहिर बनेको भन्दा घरमा नै बनेको खाना खान रुचाउँछिन् । यसका साथै नायिका आफ्नो खानामा सागसब्जी र फलफूल पनि समावेश गर्छिन् जसले छाला र कपालको जरालाई स्वस्थ राख्न मद्दत गर्छ ।

कपाल झर्नुको एउटा ठूलो कारण तनाव पनि हुन्छ । योसँग जुध्नका लागि ऐश्वर्या राय स्पा ट्रिटमेन्ट लिन्छिन् जसमा विभिन्न प्रकारको तेल प्रयोग गरिन्छ । यसले उनलाई तनावमुक्त हुन सहयोग गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप