बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मृगौलालाई स्वस्थ राख्न चाहनुहुन्छ भने यसरी गर्नुहोस् प्राकृतिक तरिकाले हेरविचार

बिहीबार, ०६ फागुन २०७७, १६ : ५५
बिहीबार, ०६ फागुन २०७७

हामी सबैलाई थाहा छ कि मृगौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । हामीमध्ये धेरैलाई थाहा छ कि मृगौलाले शरीरका लागि के–कस्ता काम गर्छ । मृगौलाले शरीरको फोहोर पदार्थ हटाउने काम गर्छ । यसले रगतमा बनिरहेको टक्सिनलाई शरीरबाट बाहिर निकाल्ने काम गर्छ । यसले इलेक्ट्रोलाइट र रक्तचापलाई पनि सन्तुलित राख्छ । मृगौलाले नै शरीरमा बन्ने खतरनाक रसायन युरिया र युरिक एसिडलाई पिसाबको माध्यमले बाहिर निकाल्ने काम गर्छ । यसबाहेक मृगौलाले विभिन्न प्रकारको पोषक पदार्थ ग्लूकोज, एमिनो एसिड, बायकार्बोनेट, सोडियम, पानी, फस्फोरस, क्लोराइड, म्याग्नेसियम र पोटासियमलाई रगतबाट शोषित गरेर शरीरका अन्य हिस्सामा पुर्याउने गर्छ । यति धेरै काम गर्ने मृगौलालाई राम्रो अवस्थामा राख्नु निकै आवश्यक छ । यति तपाईं आफ्नो स्वास्थ्यप्रति सजग हुनुहुन्छ भने तपाईंले आफ्नो मृगौलाको हेरविचार राम्रो तरिकाले गर्नुपर्ने हुन्छ । मृगौलालाई स्वस्थ राख्नका लागि प्राकृतिक तरिकाले हामी के–के गर्न सक्छौं, त्यसबारे जानकारी लिऔं ।

पर्याप्त पानी पिउनुहोस्ः

मृगौलालाई सफा राख्नका लागि सबैभन्दा राम्रो तरिका मृगौलामा पर्याप्त मात्रामा पानी पुग्नुपर्छ । अर्थात् धेरै पानी पिउनुहुन्छ भने मृगौलाको गतिविधि सही तरिकाले हुनसक्छ र यसले आफ्नो काम सुचारु रुपमा गर्न सक्छ । कम पानी पिउँदा पिसाब कम लाग्छ जसका कारण युरिक एसिडसहित विभिन्न प्रकारका खतरनाक रसायन जम्मा हुन थाल्छ । यस्तो हुँदा मृगौलाले राम्रोसँग काम गर्न सक्दैन । पर्याप्त पानी पिउँदा शरीरको फिल्टरेशन सिस्टमले पनि राम्रोसँग काम गर्न सक्दैन । दैनिक कम्तीमा दुई लिटर पानी पिउनुहोस् । यद्यपि, पानीको सही मात्रा व्यक्तिको जीवनशैली र स्वास्थ्यमा पनि निर्भर हुन्छ ।

फलफूलको जुसको सेवन गर्नुहोस्ः

मृगौला सफा गर्नका लागि साइट्रिक एसिडले भरपुर जुसको सेवन गर्नुपर्छ । कागती, सुन्तला, चेरी, मेलन आदिको जुसले मृगौला सफा गर्छ । यस्तो गर्दा मृगौलामा पत्थरी बन्ने आशंका कम रहन्छ । अंगुर र क्रेनबेरी खाँदा पनि मृगौला सफा रहन्छ । यसका अन्य थुप्रै फाइदा पनि छन् ।

बदाम र बिउ पनि मृगौलाका लागि फाइदाजनकः

थुप्रै प्रकारको बदाम र बिउले पनि मृगौलालाई स्वस्थ राख्न मद्दत गर्छ । बदाम, फर्सीको बिउ, मिक्स्ड ग्रीन भेजिटेबल सलाद, अदुवा, चुकन्दरको जुसले पनि मृगौलालाई स्वस्थ राख्न मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप