बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नारायणहिटी संग्राहलय अगाडि भव्य कन्सर्टस (फोटोफिचर)

बिहीबार, ०६ फागुन २०७७, २३ : १९
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं । नेकपा केपी शर्मा ओली समूहले जनसभा गरेको दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडि बिहीबार भव्य कन्सर्टसहितको कार्यक्रम सम्पन्न भएको छ । माघ २३ गते ओली समूहले नारायणहिटी संग्राहलयलाई पृष्ठभूमि बनाएर भव्य जनसभा गरेको थियो । 

ठीक सोही स्थानमा बिहीबार साँझ काठमाडौं महानगरपालिकाको आयोजनामा कन्सर्टसहितको कार्यक्रम आयोजना गरिएको हो । ‘राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित सडक सांस्कृतिक महोत्सव’ नाम दिइएको  कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायतको उपस्थिति रहेको थियो ।

कन्सर्टमा पप गायक सविन राई, आधुनिक गायिक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकाश सपूत, लोक गायिका प्रिति आले, लोक गायिका अञ्जु पौडेलको प्रस्तुती रहेको थियो भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप