शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ज्याकलिन फर्नान्डिस हरेक महिना प्रियंका चोपडालाई दिन्छिन् ६.७८ लाख भारु, थाहा छ किन ?

शुक्रबार, ०७ फागुन २०७७, १४ : २२
शुक्रबार, ०७ फागुन २०७७

ज्याकलिन फर्नान्डिस हाल जुन घरमा बसिरहेकी छिन्, यसको भाडा चर्चाको विषय बनेको छ । यो घर अरु कसैको नभई बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको हो । वर्क कमिटमेन्टका कारण उनी अक्टोबर सन् २०२० मा प्रियंका चोपडाको एक अपार्टमेन्टमा सिफ्ट भएकी थिइन्, यसका लागि उनले भाडास्वरुपव मोटो रकम तिरिरहेकी छिन् ।

खबरका अनुसार यो अपार्टमेन्टलाई उनले ३ वर्षका लागि भाडामा लिएकी छिन् । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार ज्याकलिन यो अपार्टमेन्टका लागि हरेक महिना प्रियंकालाई ६.७८ लाख भारु भाडास्वरुप दिने गर्छिन् । प्रियंकाको यो अपार्टमेन्ट जुहूको एक निकै राम्रो स्थानमा छ र यहाँ पाउने विशेष सुविधाका कारण यो अपार्टमेन्टको भाडा यति महँगो छ ।

रिपोर्टका अनुसार ज्याकलिन जुहूको कर्मयोग सीएचएस भवनको चौथो र पाँचौ तलामा बस्छिन् र त्यहाँ उनी ३ अक्टोबर २०२० मा सिफ्ट भएकी हुन् । ज्याकलिन तीन वर्षमा प्रियंकालाई २ करोड ४४ लाख ८ हजार भारु भाडास्वरुप दिनेछिन् ।

कामको कुरा गर्ने हो भने ज्याकलिन आफ्नो फिल्म ‘बच्चन पाण्डे’ को सुटिङमा व्यस्त छिन् । यसका साथै उनी फिल्म सर्कसको सुटिङ पनि गरिरहेकी छिन् । आजकाल उनी आफ्नो फिल्म भूत पुलिस र सर्कसका लागि विशेष चर्चामा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप