मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रितिको किंग्स् एलेभेन पञ्जाबमा शाहरुखको इन्ट्री

शुक्रबार, ०७ फागुन २०७७, १६ : २७
शुक्रबार, ०७ फागुन २०७७

एजेन्सी । फिल्म होस् वा आइपिएल बलिउड सेलिब्रेटी सधैं चर्चामा रहन्छन् । अहिले, आईपिएलको लिलामीका दौरान प्रिति जिन्टा निकै चर्चामा छिन् । किंग्स् इलेभेन पञ्जाब उनको स्वामित्वको क्लब हो । र, उनी चर्चामा तानिनुको कारण पनि रोचक छ । 

खासमा आइपिएलमा सबै टिमले केही नयाँ खेलाडी भित्र्याएका छन् । किंग्स इलेभेन पञ्जावले ९ जना नयाँ खेलाडी भित्र्याएको छ । यसमध्ये एक खेलाडी तमिलनाडुका हुन् र उनको नाम शाहरुख खान हो । किङ खान भनेर चिनिने अभिनेता शाहरुखसँग नाम मिलेकै कारण यी दायाँहाते ब्याट्सम्यान तथा राइट आर्म स्पिनर अहिले निकै चर्चामा छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले लेखेका छन्– ‘आखिर, विर–जारा मिलेरै छाडे ।’

अभिनेता शाहरुख र प्रिति ‘विर–जारा’ फिल्ममा रोमान्टिक जोडी बनेर देखिएका थिए । प्रितिले १९९८ मा बलिउड डेब्यु गरेकी थिइन् र उनको पहिलो फिल्म ‘दिल से’ मा पनि शाहरुख र मनिषा मुख्य भूमिकामा थिए ।  एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘प्रितिले शाहरुखको फिल्ममार्फत बलिउड डेब्यु गरेकी थिइन्, अहिले शाहरुलाई आइपिएलमा डेब्यु गराइन् ।’  अभिनेता शाहरुख पनि आईपिएलबाट बाहिर छैनन् । कोलकाता नाइट राइडर्स (केकेआर) उनको स्वामित्वको क्लब हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप