बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीको गौशालामा मगर संग्रहालय स्थापना

शुक्रबार, ०७ फागुन २०७७, २३ : २०
शुक्रबार, ०७ फागुन २०७७

महोत्तरी । भाषा संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि विद्यालयहरुमा आगामी शैक्षिक सत्रदेखि ऐच्छिक विषयको पठनपाठन हुने भएको छ । शुक्रवार महोत्तरीको गौशालामा नवनिर्मित मगर संग्रहालय भवनको उद्घाटन गर्दै नगरप्रमुख शिवनाथ महतोले हरेक समुदायको भाषालाई पाठ्यपुस्तकको रुपमा विद्यालयमा लागू गरिने बताए ।

हरेक समुदायसँग सहमति र सहकार्य गर्दै गौशाला नगरपालिकाले  विद्यालयमा ऐच्छिक विषयवस्तुको मातृभाषा समेत पठनपाठन गराउने तयारी अनुरुप एक चरणको क्रियाकलाप सम्पन्न भएकोले अगामी दिनमा पुनः यस विषयवस्तुउपर छलफल गरिने नगरप्रमुख महतोले स्पष्ट पारे ।

नगरप्रमुख महतोले नगरपालिकाको सहयोगमा निर्मित मगर संग्रहालयमा आवश्यक सामग्री राखि प्रदेश नम्बर २ कै नमुना संग्रहालयको रुपमा स्थापना गरिने बताए । गौशाला नगरपालिकाले यस आर्थिक बर्षभित्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा नमुना कार्यको थालिनी गरिने नगरप्रमुख महतोले प्रतिवद्धता जनाए ।

त्यस्तै नेपाल मगर संघका केन्द्रीय सदस्य एवम् प्रदेश ईन्चार्ज लेखराम जर्घामगरले जातीय गणनाको अधारमा समानुपातिक एवम् समावेशीकरणको पद्धति लागू गर्नका लागि सरोकारवाला निकायसमक्ष आग्रह गरे । गाउँमा जातीय नाईके नहुँदा मगर समुदायहरु एकीकृत हुन नसकेको संघका प्रदेश अध्यक्ष यमवहादुर खपांगीले बताए ।

गौशाला नगरपालिकाको कार्यालयले उपलब्ध गराएको १० लाख २८ हजार ९ सय ७७ रकम बराबरको जनश्रमदानमार्फत सो भवन निर्माण भएको मगर संघका जिल्ला अध्यक्ष गणेश वहादुर आलेले जानकारी दिए । सो भवन निर्माणका लागि स्थानिय श्याममाया थापा मगरले डेढ कटठा जग्गा निःशुल्क दिएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप