शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता : परिभाषा प्रयत्न

शनिबार, ०८ फागुन २०७७, ०९ : २६
शनिबार, ०८ फागुन २०७७

 

 

-राजेश ढुंगाना

कहिले 
यो कोणबाट 
परिभाषा ग¥यो मान्छेलाई 
कहिले त्यो कोणबाट 
व्याख्या ग¥यो 
कुनै बेला तलबाट जोड्यो 
र, कहिले माथिबाट घटायो 

तर 
जुन कुनाबाट हेरे पनि 
कहिल्यै 
जीवनको चित्र 
भनेर भन्न सकिने 
एउटा स्पष्ट 
खाका तयार हुन सकेन !

केवल 
अस्पस्ट आकारहरु बाहेक 
कहिल्यै 
मान्छेको नक्सा भनेर 
भन्न सकिने 
एउटा 
स्तरीय तस्वीर 
बन्न सकेन !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा