शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पति र प्रेमीको कुटाई झेलेकी यी अभिनेत्री, जसको कुटपिटबाट आँखा फुट्यो

शनिबार, ०८ फागुन २०७७, १० : ५४
शनिबार, ०८ फागुन २०७७

बलिउडको ७० को दशककी चर्चित नायिका जिनत अमानले ७० देखि ८० को दशकमा आफ्नो सुन्दरताले सबैको मन जित्न सफल भइन् । उनले परम्परागत कपडा लगाउने प्रचलनलाई चुनौती दिँदै उनले पश्चिमी फेशनलाई अंगालेकी थिइन् । 

सन् १९५१ मा जन्मिएकी जिनतले सन् १९७१ मा बलिउडमा फिल्म हरे राम हरे कृष्णा बाट फिल्ममा पहिचान पाउन सफल भएकी थिइन् । उनलाई फिल्ममा देव आनन्दले लिएर आएका थिए । त्यसपछि उनको नाम संजय खानसँग जोडियो । त्यसपछि उनको व्यक्तिगत विषयमा चर्चा हुन थाल्यो । 

संजय खान विवाहित थिए । उनका बालबच्चा पनि थिए । उनी जिनतसँग सम्बन्धमा रहे । उनले जिनतसँग विवाह पनि गरेका थिए । तर झगडा बढ्न थाल्यो । मिडिया रिपोर्टका अनुसार एक पार्टीमा संजयले सबैको अगाडि जिनतलाई पिटे । जिनतको आँखा फुट्यो । त्यसपछि उनीहरुको ब्रेकअप भयो । 

जिनतले फेरि सन् १९८५ मा मजहर खानसँग विवाह गरिन् । तर उनको वैवाहिक जीवन पनि सफल भएन । मजहरले पनि उनीमाथि कुटपिट गर्थे । वैवाहिक जीवनमा पनि पीडा मिलेपछि उनले सम्बन्धविच्छेद गरेर एक्लै बस्न थालिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप