शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलमा सफल ल्यान्डिङको खुशीमा भर्चुअल आतिशबाजी

शनिबार, ०८ फागुन २०७७, ११ : २७
शनिबार, ०८ फागुन २०७७

नासाको महत्वाकांक्षी मंगल अभियानको रोभर ‘पर्सिवरेन्स मार्स रोवर’ले मंगल ग्रहको जेजेरो क्रेटरमा गरेको सफल 'ल्यान्डिङ' पछि अमेरिकामा मात्रै होइन संसारभरी नै खुशियाली मनाइएको छ।
नासाको यो मिसन यस कुराले गर्दा पनि महत्त्वपूर्ण छ कि यस अभियानको  रोवरले मंगलभूमिमा जीवनको सम्भावना खोजीको महत्वपूर्ण कार्य गर्छ। यसले जेजेरो क्रेटरका वरिपरी रहेका ढुङ्गा, माटो, चट्टान र बालुवामा 'माइक्रोस्कोपिक' स्तरमै जीवनका अवशेष (जीवाश्म ) खोज्ने  कार्य गर्छ।

नासा  मात्रै होइन अन्य देशका 'स्पेस एजेन्सी' पनि  पृथ्वी बाहिर कतै मानव बस्ती बसाउने उपक्रममा युद्धस्तरमै कार्यरत छन्।
अर्बपति व्यापारी विश्वकै नम्बर एक धनाढ्य  एलन मस्क र नम्बर दुई ओगट्ने जेफ बेजोस  मंगलमा 'टेराफार्मिङ' गर्न प्रतिस्पर्धा नै गरिरहेका छन्। झड़ै १९० अर्ब डलरको सम्पतिका साथ यी दुबैमा एक नम्बर हुने होड विगत एक महिनादेखि नै चलिरहेको छ। कुनै दिन एलन शीर्षमा अघि हुन्छन् त कुनै दिन बेजोस । दुबै अर्बपतिको प्रमुख व्यापार पृथ्वीको भूमि आधारित नभएर अन्तरिक्षको अनन्त क्षेत्र नै  व्यापारिक प्रतिष्पर्धाको कर्मभूमि बनेको छ।

 एलनको कम्पनी 'स्पेस एक्स' (spacex  ) र बेजोसको कम्पनी 'ब्लू ओरिजिन' (Blue Origin)  बीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ।  यी दुबैलाई राम्ररी थाहा छ अब पृथ्वीमा व्यापार गरेर शीर्षमा स्थापित हुन सकिँदैन, दिनमै अर्बोँ डलर कमाउने एउटै मात्र व्यापार छ र त्यो हो अन्तरिक्ष व्यापार। दुबै पृथ्वी बाहेक अन्य खगोलीय  पिण्ड र अन्तरिक्षमा मानिस ओसार पोसार गर्ने महत्वाकांक्षी व्यापारमा केन्द्रित बनेका छन्।

यस्तोमा अमेरिकी ‘पर्सिवरेन्स मार्स रोवर’को ल्यान्डिङले यी दुबैमा उत्साह आउनु स्वाभाविक हो।  दुबैका  अन्तरिक्ष कम्पनीले नासाको यस उपलब्धिमा ट्वीट गर्दै बधाई ज्ञापन गरेका छन्। यी दुबैलाई राम्ररी थाहा छ ‘पर्सिवरेन्स  रोवर’ ले मंगलमा गर्ने वैज्ञानिक परीक्षण  र ती परीक्षण को निष्पत्तिले सबैभन्दा बढी लाभ हाम्रै कम्पनीलाई हुन्छ। जस्तो कि ‘पर्सिवरेन्स मार्स रोवर’ ले मंगलको वातावरणमा रहेको कार्बनडाईअक्साइडबाट अक्सिजन बनाउने प्रयोग र प्रयास गर्छ। प्रयोग सन्तोषजनक रह्यो भने यसको उपयोग र दोहन गर्ने कुशलता यी दुबै जनासँग छ।

  एलनले त आफ्नो आधा सम्पति नै  मंगलमा मानव बस्ती बनाउन हेतु खर्च गर्ने प्रतिबद्धता सार्वजनिक गरिसकेका छन्।
अमेरिकी मंगल अभियानको सफलतामा यी दुई धनाढ्य मात्रै होइन  अर्का धनाढ्यले पनि खुशी जाहिर गरेका छन। नवौँ तथा दस नम्बरका अर्बपतिद्वय Larry Page - $91.6 billion र Sergey Brin - $88.8 billion को कम्पनी 'तपाईं हामीले दिनहुँ प्रयोग गर्ने गूगल'ले पनि नासा को यस सफलतालाई आफ्नै किसिमले 'सेलिब्रेट' गरेको छ।

गूगलले 'भर्चुअल' आतिशबाजी गरेर आफू मात्रै होइन आफ्ना सबै प्रयोगकर्तालाई यो आतिशबाजी हेर्ने अवसर दिएको छ। तपाईं  गूगलमा गएर
Perseverance  टाइप गरेर 'सर्च' गर्नुस्।  'सर्च 'गर्न साथ तपाईं 'भर्चुअल' आतिशबाजी हेर्न पाउनु हुन्छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप