शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको ७ वर्षपछि किम कार्दाशिया र कान्ये वेस्टको सम्बन्धविच्छेद

शनिबार, ०८ फागुन २०७७, १२ : २५
शनिबार, ०८ फागुन २०७७

टेलिभिजन स्टार किम कार्दाशियाको विवाह भएको सात वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ । 

उनले आफ्ना पति र्यापर कान्ये वेस्टसँग सम्बन्धविच्छेदको माग गर्दै निवेदन पेश गरेकी छिन् । 

लामो समयदेखि सम्बन्धमा दरार पैदा भएपछि उनले आफ्ना चार छोराछोरीको संयुक्त हेरचाहको माग गर्दै सम्बन्धविच्छेद माग गरेकी हुन् । 

सन् २०१४ मा धुमधाम विवाह गरेका यो जोडीको विवाह इटलीमा भएको थियो । उनीहरुको सम्बन्धको सुरुवात सन् २०१२ मा भएको थियो । उक्त समयमा किम अमेरिकी फुटबलर क्रिस हमफ्रिइजकी पत्नी थिइन् । उनले सन् २०१३ मा क्रिससँग सम्बन्धविच्छेद गरेकी थिइन् । 

यता, र्यापर कान्येले किम बाइपोलर डिसअर्डरको समस्याबाट पीडित भएको खुलासा गरेका थिए । उनले किममाथि आफूलाई पीडित बनाएको आरोप लगाएका थिए ।

किम र कान्ये आफ्नो क्षेत्रमा निकै चर्चित व्यक्तित्व हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप