विप्लव समूहका विद्यार्थी नेतासहित विभिन्न दलका नेता–कार्यकर्ता प्रचण्ड–माधव नेतृत्वको नेकपामा प्रवेश
गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी नेता र ईस्मा गाउँपालिका दोहलीका काँग्रेस पार्टी सभापति सहित ८ जना नेता–कार्यकर्ता शनिबार प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला सचिव विष्णु विश्वकर्मा, सोही संगठनका सदस्यहरु कृष्ण सुनार, कमल मगर, लक्ष्मण गोतामे, आश्विन अर्याल र विमल बोहरा शनिबार सदरमुकाम तम्घासमा नेकपाको प्रचण्ड–माधव पक्षले आयोजना गरेको युवा तथा विद्यार्थी प्रशिक्षण कार्याक्रमा पार्टी प्रवेश गरेका हुन् ।
त्यस्तै, नेपाली काँग्रेस ईस्मा दोहलीका सभापति केशव रिजाल र सोही पार्टी निकट तरुण दल चन्द्रकोटका युवा नेता गणेश अर्याल पनि प्रचण्ड–माधव नेतृत्वको नेकपमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य गोकर्ण बिष्ट र लुम्विीनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले खादा ओढाएर स्वागत गरेका थिए ।
यस्तै, केहीदिन अघि नेकपाको ओली पक्ष निकट युवा संघ नेपालको जिल्ला ईन्चार्ज परित्याग गरी नेकपाको प्रचण्ड–माधव पक्षमा प्रवेश गरेका छत्रकोट गाउँपालिकाका हिमाल थापाले ओली समूहमा लाग्नु भनेको नेपाली जनताको भाग्य र भविष्य खोस्नु हो भन्ने ठानेर संविधान बचाउन र जनतालाई समृद्धिको दिशामा लैजान आफू प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको सत्तामा हाम्रो नेपाली पार्टीको 'इन्ट्री', बज्राचार्य बने मन्त्री
-
रास्वपाले गर्यो एमाले पार्टी कार्यालयको अध्ययन भ्रमण
-
इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार
-
मन्त्री बन्न र सत्ता जोगाउन बागमतीमा ५ बुँदे निर्णय
-
सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर
-
‘डमरू’ जस्तो सङ्घीयताले राजनीतिक अस्थिरता बढायो : राजेन्द्र श्रेष्ठ