शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा एक जनाको मृत्यु

आइतबार, ०९ फागुन २०७७, १५ : ४७
आइतबार, ०९ फागुन २०७७

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक ब्यक्तिको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिववहादुर सिंहका अनुसार हिरासतमा रहेका रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ वर्षीय नन्दलाल वलीको मृत्यु भएको हो । मदिरा सेवन गरेर कान्छी श्रीमतीलाई कुटपिट गरेको उजुरी परेपछि उनलाई शनिबार राति ११ बजेतिर पक्राउ गरिएको थियो ।

आईतबार राति २ बजेतिर बिरामी परेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएका उनको आईतबार बिहान ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक  सिंहले जानकारी दिए ।

उनका अनुसार अत्याधिक मदिरा सेवन गरेका उनी हिँड्न नसक्ने अवस्था भएपछि प्रहरीले बोकेरै कार्यालयसम्म ल्याएको थियो । डिएसपी सिंहले उनी २०५९ सालदेखि कान्छी श्रीमतीसँग तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएको जानकारी दिए । उनकी जेठी श्रीमती रोल्पामै छिन् ।

उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवदाह गृहमा राखिएको छ । आफन्तले भने उनको मृत्युको सत्यतत्य नखुल्दासम्म शव नबुझ्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप